Techie IT
×
गृहपृष्ठग्लोबलश्रममन्त्री भण्डारीद्वारा वैरो व्यवसायी भलाई कोष कार्यान्वयनको प्रतिबद्धता,बैरो संघद्वारा ब्यावसायी अदैको स्वाथ्यलाभको कामना गर्दै पाँच लाख ५१ रुपैयाँ हस्तान्तरण

श्रममन्त्री भण्डारीद्वारा वैरो व्यवसायी भलाई कोष कार्यान्वयनको प्रतिबद्धता,बैरो संघद्वारा ब्यावसायी अदैको स्वाथ्यलाभको कामना गर्दै पाँच लाख ५१ रुपैयाँ हस्तान्तरण


काठमाडौँ।  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार व्यवसायी भलाई कोष कार्यान्वयनमा ल्याउन आफूले पहलकदमी गर्ने प्रतिबद्धता जनाएका छन ।

बिहिबार काठमाडौँ स्थित नर्भिक अस्पतालमा उपचाररत वैदेशिक रोजगार व्यवसायी जब्स ग्लोवल डट कमका अध्यक्ष चन्द्र सिंह अदैको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन अस्पताल पुगेका मन्त्री भण्डारीले व्यवसायीलाई अफ्ट्यारो पर्दा कोषबाट सहयोग पाउने गरि कोषको कार्यान्वयनमा आफूले प्राथमिकता दिने बताए ।

भेटको क्रममा श्रममन्त्री भण्डारी समक्ष लामो समयदेखि नर्भिक अस्पतालमा उपचाररत अदैले व्यवसायीहरुले ५० लाखको दरले धरौटी सरकार समक्ष राखेको तर त्यो रकमबाट व्यवसायीलाई गाह्रो(साह्रो पर्दा राहत पाउन नसकेको गुनाशो गरेका थिए ।

मन्त्रीसङ्गै अस्पताल पुगेका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले व्यवसायी भलाई कोष कार्यान्वयन गर्न मन्त्री भण्डारीसँग अनुरोध गरेका छन । भण्डारीले कोष कार्यान्वयनमा आए व्यवसायीहरु सरकारप्रति थप जिम्मेवार र मर्यादित बन्न प्रेरित हुने दावी गरे । भण्डारीले कोष कार्यान्वयनमा आए व्यवसायीलाई समस्या परेको बेला राज्य छ भन्ने प्रत्याभूति हुने हुनाले कोष कार्यान्वयनमा ल्याउन संघले पहलकदमी लिईरहेको बताए ।

उक्त भेटका लागी नर्भिक अस्पताल पुगेका बैरो संघका महासचिव मेघनाथ भुर्तेलले आफूहरु संघमार्फत व्यवसायीहरुको तमाम समस्या सम्वोधनको लागि पूर्णकालिन रुपमा खटिएको जनाउदै राज्य व्यवसायीहरुप्रति जिम्मेवार रहे मात्र व्यवसायी पनि राज्यप्रति जिम्मेवार रहने बताए । भुर्तेलले पहिलो पटक वैदेशिक रोजगार व्यवसायी अस्पताल भर्ना हुँदा श्रममन्त्री भेट्न आएको भन्दै मन्त्री भण्डारीप्रति उच्च सम्मान समेत व्यक्त गरे ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको पहलमा नर्भिक अस्पतालमा उपचाररत वैदेशिक रोजगार व्यवसायी चन्द्र सिंह अदैलाई पाँच लाख ५१ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । संघले बिभिन्न व्यवसायीहरुसँग बसुन्धरा स्थित जब्स ग्लोबल डटकम इम्प्लोइमेन्ट सर्भिस प्रालिका संचालक अदैको उपचारको लागि उक्त रकम जुटाएको हो । संघलाई प्राप्त सहयोग रकमको चेक श्रममन्त्री शरतसिंह भण्डारीको हातबाट संघका पदाधिकारी सहितले हस्तान्तरण गरेका छन ।

उक्त सहयोग रकम ग्रहण गर्दै व्यवसायी अदैले आफ्नो उपचारमा सहयोग गर्ने संघ सहित व्यवसायीहरुलाई धन्यवाद ब्यक्त गरेका छन । लामो समयदेखि मधुमेहको समस्या रहेका उनि हाल किड्नीमा समेत समस्या देखिएपछि अस्पतालमा उपचारको क्रममा रहेका छन । उनले आफूले वैदेशिक रोजगार व्यवसायमा इमान्दारिताका साथ व्यवसाय संचालन गर्दै आएको कारण आर्थिक रुपमा कमजोर भएको बताए । अदै ईमान्दारी ब्यावसयिको रुपमा यस क्षेत्रमा चिनिन्छन ।

वैदेशिक रोजगारमा जानेहरुलाई चर्को आर्थिक भार नहोस भन्ने सोचेर व्यवसाय संचालन गर्दै आएको बताउने अदैले व्यवसायीहरुलाई आफ्नो पेशागत मर्यादा पालना गर्न र हदैसम्म वैदेशिक रोजगारमा जानेहरुलाई प्राथमिकता दिएर व्यवसाय संचालन गर्न सुझाव दिए । उनले व्यवसायीलाई थप मर्यादित बनाउन र कामदारलाई समेत उचित लाभ दिन सरकारले व्यवसायीले राखेका मागहरु सम्वोधन गर्न जरुरी रहेको जनाउदै बैदेशिक रोजगारको क्षेत्रलाई ब्यबस्थित बनाउन सरकार र ब्यावसायीबिच सहकार्यको आवस्यकता रहेको बताए ।


क्याटेगोरी : ग्लोबल, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस