बाह्र थान घप्पू सहित दुई पक्राउ

दाङ्ग, देउखुरीको एक सामुदायिक बनबाट चिरान १२ थान सालका घप्पू सहित टेक्टर र दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गढवा गाउपालिका वडा नम्बर ४ अजगढ़वाका राम बचन चौधरी र टेक्टर चालक युसुफ मनिहारलाई काठ सहित प्रहरीले नियन्त्रणमा लिएको हो । गढवा गाउपालिका वडा न ५ सोनपुरबाट लु २ त् ४२३२ न को टेक्टरमा राखेर १४.२ क्युफिट चिरान सालको घप्पू आफ्नो घर तर्फ लैजादै गरेको अबस्थामा इलाका प्रहरी कार्यालय गढवाको टोलीले पक्राउ गरि सब डिभिजन बन कार्यालय गोबरडिहालाई बुझाएको छ ।
पक्राउ परेकालाई अनुसन्धान गरि बन ऐन अन्तर्गत कारबाही गरिने डिभिजन बन कार्यालय देउखुरीका प्रमुख शंकर प्रसाद गुप्ताले बताए । काठ कुन बनबाट ल्याएको हो अझै प्रस्ट भएको छैन हामी दुवै जना माथि अनुसन्धान गरिरहेका छौ डिभिजन बन कार्यालय देउखुरीका सहायक बन अधिकृत देबी प्रसाद चौधरी भने । पछिल्लो समय यता देउखुरीको राप्ती पारीको जंगलमा काठ चोरीका घटना बढिरहेका छन् ।
क्याटेगोरी : समाचार, प्रदेश ५
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस