दिप संचार मिडियाका प्रधान सम्पादक ठकुरी आइसिसी सदस्यमा निर्वाचित

दोहा-दिप संचार मिडियाका प्रधान सम्पादक दिपजंग शाह ठकुरी आइसिसी सदस्यमा निर्वाचित भएका छन।
ठकुरी गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारको १० औं राष्ट्रिय महाधिवेशन मार्फत सन् २०२३–२०२५ कार्यकालको लागि आइसिसी सदस्यमा निर्वाचित भएका हुन।
आइसीसीको ६ सदस्यको लागि ९ जनाबीच प्रतिस्पर्धा भएको थियो।
विहिबार विहान ९ बजे( नेपाली समय) देखि संचालन भएको अनलाइन मतदान मार्फत आईसीसी सदस्यमा एनआरएनए एनसीसीका वर्तमान सचिव ठकुरी संगै श्रीकृष्ण भट्टराई, तेज कटुवाल, दुर्गा प्याकुरेल, प्रेम बहादुर चलाउने, बिक्रम कार्की समेत आईसीसी सदस्यमा निर्वाचित भएका छन।
तेस्तै गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको अध्यक्षमा रमेश भट्ट निर्वाचित भएका छन् ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको १० औं राष्ट्रिय महाधिवेशन मार्फत भट्ट सन् २०२३-०२५ कार्यकालका लागि निर्वाचित भएका हुन् ।
विहिबार देखि शुक्रबार राती सम्म सन्चालन रहेको अनलाइन मतदान अनुसार भट्टले ३२२८ मत ल्याएका छन् भने उनका प्रतिष्पर्धी पदम गिरीले २३८५ मत ल्याएका छन् ।
त्यसैगरी प्रथम उपाध्यक्ष कृष्ण पन्थी, दितिय उपाध्यक्ष केशब कार्की, तृतीय उपाध्यक्षमा सन्दिप कुमार भट्टराई, महिला उपाध्यक्ष नानू घले र यूवा उपाध्यक्ष, यूवा उपाध्यक्षमा सुबास बहादुर थापा निर्वाचित भएका छन् भने महासचिवमा रबिन मगर निर्वाचित भएका छन।
शुक्रबार राति १२ बजे (नेपाली समय) सम्म संचालन रहेको निर्वाचन मार्फत सचिवमा ओम बहादुर क्षेत्री (सन्तोष), रोशन अर्याल र सुरज शर्मा अधिकारी तथा कोषाध्यक्षमा बुद्ध पाण्डे, सह-कोषाध्यक्षमा झबिन्द्र आचार्य बिजयी भएका छन।
यूवा संयोजकमा मेहेद सिंह तामाङ र महिला संयोजक सुस्मा खतिवडा कटवाल बिजयी भएका छन।
त्यस्तै सदस्यहरुमा इनुस मोमिन, इसिलाल पन्डित, झबिन्द्र प्रसाद बेल्बासे, तिलक बहादुर बस्नेत, दुर्गा बहादुर बिक, टंक बहादुर बिक, परमानन्द भट्ट, प्रेम कुमार बस्नेत, बिनोद राना मगर, बिष्णु सापकोटा, बिनोद राना मगर, मो.अजाद मंसुर, मो.कौसर रब्बानी, रमेश केसि, राजेन्द्र काफ्ले, सन्तोष कुँवर, सन्तोष पौडेल, सुमन कुमार लो, सुदिप पाठक, श्याम प्रसाद पौड्याल निर्वाचित भएका छन।
लेखा समिती संयोजकमा कबिन्द्र कडेल, लेखा समिती सदस्यमा गिरिराज दुवाडी,बिकास लामा निर्वाचित भएका छन
एनआरएनए कतारको निर्वाचनमा ६२.८० प्रतिशत मत खसेको थियो । नवनिर्वाचित कार्यसमितिको शपथ शानिबार हुनेछ ।
क्याटेगोरी : ग्लोबल, समाचार
ट्याग : #breaking, #NRNA
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ८हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
ताजा अपडेट
- एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
तपाईको प्रतिक्रिया दिनुहोस