गृहपृष्ठ ∕ समाचार ∕ फोहोरको प्रयोगबाट निर्माण सामाग्रीको उत्पादन ! फोहोरको प्रयोगबाट निर्माण सामाग्रीको उत्पादन ! दीप संञ्चार साउन २७, २०८० गते ८:११ मा प्रकाशित नेपाल इको प्यानलले खेर गएको पदार्थ थर्मोकोलको प्रयोग गरेर इको प्यानलको उत्पादन थालेको छ ।व्ल्यु वेष्ट टु भ्यालु नामक संस्थाले संकलन गरी पठाइदिएको थर्मोकोललाई रिसाइकल गरी केही निश्चित प्रतिशत प्रयोग गरी नेपाल इको प्यानल बनाएर फोहोरलाई मोहर बनाउन थालेको हो । म्युनिसिपल वेष्टको रुपमा रहेका थर्मोकोलको सदुपयोग गरी नेपाल इको प्यानलले फोहोरको समस्यालाई समाधान मात्रै नगरी उपयोगीसमेत बनाएको हो । बताइए अनुसार इको प्यानल उत्पादनमा थर्मोकोल पनि आवश्यक हुन्छ ।नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओं) इन्जिनियर कृष्णभक्त दुवालले आफू वातावरण विज्ञानको पनि विद्यार्थी र निर्माण सामाग्रीमा हरित क्रान्ति आवश्यक भएको भनेर लविंग गरेर हिडेकोले वातावरण प्रदूषण हुनबाट जोगाउन यसो गरिएको बताए । एकातिर फोहोरको समस्या समाधान हुने र अर्कोतिर समस्या बनेको फोहोरको सही सदुपयोगले दोव्वर फाइदा पुगेको उनको भनाई छ ।निर्माण सामाग्री इको प्यानलको उत्पादन गर्दा सक्दो रुपमा वातावरणलाई नकारात्मक प्रभाव नदिने उनको भनाई थियो । एकातिर वातावरण विनास नगर्ने र अर्कोतिर निर्माण सामाग्री कारखानाबाट उत्पादनको क्रममा वातावरण प्रदूषण गर्न नदिने जस्तै धुवा ननिकाल्ने, फोहोर ननिकाल्नेलगायतका उपायबाट आफूले इको प्यानलको उत्पादन गर्दै गरेको उनी बताउँंछन् । यही कारण वातावरणलाई नकारात्मक प्रभाव नपार्ने निर्माण सामाग्रीको प्रयोगमा जोड दिनुपर्ने विशेष आग्रह उनको छ ।नेपाल इको प्यानल स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । कारखानामा पहिला नै तयार गरेर निर्माणस्थलमा यो जोड्न मात्र लाने गरिन्छ ।क्याटेगोरी : समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न