सिरहा सेवा समिती कतारद्वारा आईसीसी,एनसिसी कतारका हालै निर्वाचित पदाधिकारीलाई सम्मान

दोहा-सिरहा सेवा समिती कतारले १८ औ बार्षिक उत्सव तथा साधारण सभा कार्यक्रमको अवसर पारेर गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद आईसीसी,एनसिसी कतारका २०२३/ २०२५ कार्यकालका हालै निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई सम्मान गरेको छ ।
समितीले १८ औ बार्षिक उत्सवको अवसर पारेर आईसीसी, एनसिसीका निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई सम्मान गरेको हो ।
सिरहा समितिका कतारका अध्यक्ष जिवछ यादवको सभापतित्व तथा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्ट ज्युको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा मधेस प्रदेश समन्वय परिषद कतारमा आवद्ध जिल्ला सस्थांका प्रमुख एबं प्रतिनिधि, आईसिसी,एनसिसी कतारका विभिन्न ओहोदाका पदाधिकारीहरु पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै भट्टले मजदुरको लागी श्रममैत्री एनआरएनए बनाउन प्रतिबद्धता रहेको बताएका छन।
पुर्व मेची देखि पश्चिम महाकाली सम्मका सम्पुर्ण संघ-सस्थां विभिन्न प्रदेश सङ्ग सहकार्य गरेर एनसीसी छाता सङ्गठन न भै साझां सङ्गठन आफुले प्रमाणीत गरेर देखाउने वचन प्रतिबद्धता व्यक्त गरेका थिए ।
उपाध्यक्ष मोहम्मद यासिन राईनको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण महासचिव तेजिलाल मन्डलले गरेका थिए।
सभापती यादवले एनसिसीका १९/२३ कार्यकालका पदाधिकारीहरुले मधेस प्रदेश सङ्ग आवद्ध जिल्ला सस्थां जातिय सस्थांलाई कहिले पनि समन्वय,सहकार्य नगरेको र आफुलाई गुनासो रहेको बताए हालै निर्वाचित एनसिसीका बिभिन्न ओहोदाका सम्पुर्ण पदाधिकारीहरुलाई आफुले सम्मान गर्न पाउँदा निकै खुशी र हर्षित भएको बताए।
एनसिसीको २३/२५ कार्यकाल सफल बनाउन अन्त्य सम्म आफुले साथ दिने वचन प्रतिबद्धता जाहेर गर्दै कार्यक्रमको समापन गरेका थिए।
“सिरहा बासीहरुको चाहना सभ्य समाजको स्थापना” भन्ने मुल नाराका साथ सन: २००६ मा स्थापना भएको समिती कतार तथा गृह जिल्ला सिरहामा बिभिन्न सामाजिक काम सक्रिय रहेको छ।
क्याटेगोरी : समाचार, गल्फ
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस