गृहपृष्ठ ∕ समाचार ∕ बझाङमा आमाछोरामाथि छुरा प्रहार गर्ने व्यक्ति पक्राउ बझाङमा आमाछोरामाथि छुरा प्रहार गर्ने व्यक्ति पक्राउ दीप संञ्चार भदौ ११, २०८० गते २१:२३ मा प्रकाशित बझाङमा गत मंगलबार राति सुतिरहेका आमाछोरामाथि छुरा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।बझाङ सदरमुकाम चैनपुरको प्रशासन रोडस्थित चौगाउँटोलमा भएको उक्त घटनामा तीन जना घाइते भएकोमा घटनामा संलग्न कैलाली जिल्ला कैलारी गाउँपालिका वडा नम्बर– १, का स्यानु चौधरीलाई प्रहरीले पक्राउ गरी सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।सदरमुकाम चैनपुरमा निर्माणको काममा मजदुरी गर्दै आएका उनले प्रहार गरेको छुराबाट चैनपुरमा कोठा भाडामा लिएर बस्दै आएकी सुर्मा गाउँपालिकाकी २७ वर्षीया सुनिता विक र उनका छोराहरू ७ वर्षीय आदित्य र ४ वर्षीय एबल विक घाइते भएका थिए। चौधरीले अपराधमा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन्।राति १२ बजेतिर अनुहार मास्कले ढाकेर लुटपाट गर्ने उद्देश्यले कोठाभित्र छिरेको र मान्छेले आफू पसेको थाहा पाएपछि छुरा प्रहार गरेको चौधरीले प्रहरीसमक्ष बताएका छन्। उनलाई कैलालीस्थित उनकै घरबाट पक्राउ गरिएको बझाङ जिल्लाका प्रहरी प्रमुख डीएसपी जागेश्वर भण्डारीले बताए।चक्कु प्रहारबाट घाइते तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। छुरा प्रहारबाट आमाको घाँटी र छातीमा चोट लागेको छ। बच्चाहरूको अनुहार, छाती, घाँटी र पिठ्यूँमा चोट लागेको छ।क्याटेगोरी : समाचार, समाजट्याग : #पक्राउ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा