गृहपृष्ठ ∕ समाचार ∕ माघ एक गते देखि नमूना रास्ट्रिय जनगणना हुने माघ एक गते देखि नमूना रास्ट्रिय जनगणना हुने दीप संञ्चार कात्तिक ३, २०७६ गते २०:१७ मा प्रकाशित काठमाडौं, कात्तिक ३ विसं २०७८ का लागि आगामी माघ १ गतेदेखि तीन महीनासम्म केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाका लागि नमूना जनगणनाको तयारी थालेको छ । राष्ट्रिय योजना आयोगमातहतको उक्त विभागले सातै प्रदेशका हिमाल, पहाड र तराईको जनसङ्ख्याको समानुपातिक प्रतिनिधित्व हुने गरी करीब ११ हजार ६१० घरपरिवारमा नमूना जनगणना सञ्चालन गर्न कार्यालयले जनाएको छ । प्रत्येक प्रदेशबाट दुई जिल्लाका दरले १४ जिल्लाका ५५ वडामा नमूना गणना सञ्चालन गरिने भएको हो ।विभागले आज पत्रकार सम्मेलन गरी नमूना गणनाका लागि १५ सुपरीवेक्षक, ६० गणक, अन्य ४७ गरी १२२ जनशक्ति परिचालन गर्ने जानकारी दिएको छ । सुपरीवेक्षक र गणक करारमा नियुक्त गरिनेछ । यस कार्यका लागि रु एक करोड १७ लाख बजेट विनियोजन गरिएको छ । विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले ६ महीनाभन्दा बढी अस्थायीरुपमा बसेका नागरिकको सोहीस्थलमा गणना गरिने बताउदै विदेशमा बसिरहेका नेपालीको गणनाका कार्य चुनौतीपूर्ण रहेको बताए । उनले जनगणनाको प्रारम्भिक नतिजा तीन महीना र पूर्ण प्रतिवेदन नौ महीनाभित्र सार्वजनिक गरिने छ ।विभागले जनगणनाका लागि ‘मेरो गणना, मेरो सहभागिता’ सहितको मूल नारा र लोगो पनि आज सार्वजनिक गरेको छ । जनगणनाका लागि आयोगका सदस्य डा रामकुमार फुँयालको संयोजकत्वमा समन्वय समिति गठन गरिएको छ । जनगणनाका कार्यका लागि आव २०७६÷७७ को बजेटमा रु ३६ करोड २७ लाख विनियोजन गरिएको छ । प्रत्येक १०÷१० वर्षमा गरिने जनगणना यसअघि विसं २०६८ मा गरिएको थियो । नेपालमा औपचारिकरुपमा विसं १९११ मा जनगणना कार्यको थालनी भएको हो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा