गृहपृष्ठ ∕ समाचार ∕ बिरामीको ज्यान गएपछि चितवन मेडिकल कलेजमा तोडफोड बिरामीको ज्यान गएपछि चितवन मेडिकल कलेजमा तोडफोड दीप संञ्चार कात्तिक ३, २०७६ गते २०:४१ मा प्रकाशित चितवन कार्तिक ३उपचारको क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले चितवन मेडिकल कलेजमा तोडफोड गरेका छन् । नाकमा समस्या भएर उपचारका लागि ल्याइएकी नवलपरासीकी आशा ज्ञवालीको उपचारका क्रममा शनिबार ज्यान गएपछि उनीहरुका आफन्तले अस्पतालको आईसीयू, सीसीयू, गेटलगायतका क्षेत्रमा तोडफोड गरेका छन् । मृतकका आफन्तले कलेजले लापरवाही गरेर बिरामीको ज्यान गएको आरोप लगाएका छन् । झण्डै दुई सयको संख्यामा आएका मृतकका आफन्तको टोली कलेजमा तोडफोड गरेको कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।‘भित्र वार्ता पनि भइरहेको थियो, केही मान्छेहरुले बाहिर तोडफोड गरे, केही भित्रै आएर आक्रमण गरे’ देवकोटाले भने, ‘प्रहरीलाई समेत आक्रमण गरे, कलेजमा त्रासको वातावरण बन्यो ।’ चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले तोडफोडमा संग्लनहरुलाई पक्राउ गरिएको जानकारी दिए । तोडफोड नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ । अस्पतालमा प्रहरीले सुरक्षा दिएको छ ।तोडफोड गर्ने १२ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले बताए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा