गृहपृष्ठ ∕ समाचार ∕ प्रविधिमैत्री एनआरएनएमा शुद्धीकरण र आर्थिक पारदर्शीताका लागि रेग्मीको उम्मेदवारी प्रविधिमैत्री एनआरएनएमा शुद्धीकरण र आर्थिक पारदर्शीताका लागि रेग्मीको उम्मेदवारी दीप संञ्चार असोज १९, २०८० गते १५:४१ मा प्रकाशित काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए)को केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजु (राज) रेग्मीले संस्थाको शुद्धीकरण र आर्थिक पारदर्शीतालाई प्रमुख एजेन्डाका रुपमा अघि सारेका छन् ।‘धेरै अग्रज र साथीभाइहरुले सकारात्मक प्रतिक्रिया दिनुभएको छ,’ उनले भने, ‘संस्थाको शुद्धीकरण, भावनात्मक एकता: एनआरएनएभित्र आर्थिक पारदर्शीता’ भन्ने मेरो प्रमुख मुद्दामा सबैको साथ पाएको छु,’ मध्यपूर्व र यूरोप भ्रमणपछि उनले भने । युरोप र मध्यपूर्व क्षेत्रमा बस्ने अभियन्तामाझ आफ्नो पक्षमा समर्थन जुटाएर फर्किएका उनले त्यहाँ उपाध्यक्षका रूपमा आफ्ना एजेन्डा अगाडि सार्दै सल्लाह सुझावसमेत लिएका थिए ।समृद्ध नेपालका लागि पर्यटन प्रवर्द्धन, सुरक्षित वैदेशिक रोजगार, प्रविधिमैत्री एनआरएनएलगायत अन्य एजेन्डाहरु अगाडि ल्याएका कतारका युवा व्यवसायी रेग्मीले ‘महिला र नयाँ पुस्ताको सशक्तिकरण एनआरएनएमा रूपान्तरण’, ‘समृद्ध नेपालका आधार, नागरिकता र मताधिकार’, प्राविधिक शिक्षा, युवा स्वरोजगार, नेपाली कला संस्कृतिको प्रवर्धन तथा जगेर्ना लगायत विषयलाई पनि प्राथमिकता दिएका छन् ।एनआरएनए मध्यपूर्व युवा संयोजक हुँदै आईसीसी युवा उपाध्यक्षको जिम्मेवारी कुशलताका साथ निभाएका रेग्मी डेलिगेट्समाझ लोकप्रिय बन्दैछन् । अक्टोबर १७ देखि २० सम्म काठमाडौंमा हुन लागेको संघको ११औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।महाधिवेशनमा विश्वका ८० बढी देशबाट झण्डै ४२ सय एनआरएन प्रतिनिधिले ‘अनलाइन’ भोट हाल्दै छन् ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन