गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ वडाध्यक्षको लगानीमा सचेतना बोर्ड वडाध्यक्षको लगानीमा सचेतना बोर्ड प्रिया स्मृती गजमेर कात्तिक ५, २०७६ गते १४:०७ मा प्रकाशित दाङ्ग, जनप्रतिनिधिको सेवा सुबिधा कटौती भएको समाचार आईरहेका बेला दाङ्गको एक वडाका वडा अध्यक्षले आफ्नै लगानीमा बिद्यालय क्षेत्र नजिक सचेतना बोर्ड गाडेका छन् ।उनि तत्कालिन माओबादीबाट गढवा गाउपालिका वडा न ५ बाट टिकट पाएका थिए र स्थानिय चुनाबमा निर्बा्चित पनि भए । गढवा गाउपालिका वडा न ५ का वडा अध्यक्ष प्रकाश भन्डारीको सक्रियतामा वडाको आधारभुत बिद्यालय कक्रहवामा २ वटा,दीप गङ्गा बोर्डिङ स्कुल बाकी चोकमा २, माबी चैनपुरमा २ र प्राथमिक बिद्यालय खज्रौटा चोकमा १ वटा सचेतना बोर्ड गाडिएको छ । वडा अध्यक्ष प्रकाश भन्डारीको ब्यक्तिगत ३० हजार बराबरको लगानीमा गाडिएको हो । बिद्यालय क्षेत्रमा सवारी साधनले मनपर्दी सवारी हाक्ने गरेको बताउदै बालबालिकाको सुरक्षाका लागि ती बोर्ड गाडिएको बताएका छन । भण्डारी जनप्रतिनिधि हुनु पूर्व पनि घाउघरमा सामाजिक कार्यमा धेरै सक्रिय रहेको त्यहाका स्थानीयले बताउछन ।प्रदेश सरकारले तोकेको तलब भत्ता समेत नलिएर गाउपालिका मै उदाहरणको पात्र बनेका छन् । त्यस्तै उनले वडाकै एक बिपन्न परिवारकी दलित छात्राको समेत अभिभाबकत्व ग्रहण गरेर पठन पाठनको पनि जिम्मा लिएका छन् । गढवा गाउपालिकाको कार्यालयले वडा अध्यक्षहरुलाई एक एक वटा मोटर साईकल समेत वितरण गरेको थियो तर उनले लिन अस्विकार गरेका छन् । कार्यालयले तलब भत्ता मेरो खातामा हाल्दिएको हुन्छ त्यो रकम पनि सामाजिक काममै खर्च गरेको छु वडा अध्यक्ष भण्डारीले भने ।क्याटेगोरी : समाचार, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा