गृहपृष्ठ ∕ समाचार ∕ इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो इजरायलबाट थप एक विद्यार्थीको शव ल्याइयो दीप संञ्चार कात्तिक ९, २०८० गते १३:२६ मा प्रकाशित इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीमध्ये थप एक जनाको शव आज नेपाल ल्याइएको छ ।नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । उनका अनुसार फ्लाइ दुबईको विमानमार्फत आज बिहान ७ बजे शव नेपाल आइपुगेको हो ।इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका दस विद्यार्थीमध्ये यसअघि चारजनाको शव आएको थियो । बाँकी पाँचजनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए सङ्कलन गरी पठाइएको र अन्य शव पनि चाडै नेपाल ल्याइने उनको भनाइ छ ।हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव ल्याइसकिएको छ ।गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा दस नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए ।उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी रहेका छन् ।सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कविहीन रहेका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा