गृहपृष्ठ ∕ समाचार ∕ अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता ‘हिमालयन एनिग्मा–द ट्रेल अफ द गॉड्स’ हुने अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता ‘हिमालयन एनिग्मा–द ट्रेल अफ द गॉड्स’ हुने दीप संञ्चार मंसीर १२, २०८० गते १४:०४ मा प्रकाशित काठमाडौं । अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता ‘हिमालयन एनिग्मा–द ट्रेल अफ द गॉड्स’ को आयोजना हुने नेपाल पर्यटन बोर्डको प्रर्वद्धन तथा भीमेश्वर नगरपालिकासँगको समन्वयमा नोभेम्बर २७ देखि २९ सम्म दोलखामा अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता ‘हिमालयन एनिग्मा–द ट्रेल अफ द गड्स’ को आयोजना हुने भएको छ ।काठमाण्डौबाट करिब १३५ किलोमिटर दुरीको मध्य नेपालको दोलखामा हुने उक्त दौड कार्यक्रममा अभ्यास दिवस, सीडिङ रन र रेस डे समावेश गरिने मंगलबार नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले कार्यक्रममा दोलखा माउन्टेन बाइकिङका लागि अर्को गन्तव्य बन्ने तयारी भइरहेको बताए ।नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनञ्जय रेग्मीले कार्यक्रमले दोलखालाई मात्रै नभई नेपाललाई टप माउन्टेन बाइकिङ गन्तव्यका रुपमा चिाउने बताए । उनले यो प्रतियोगिताले दालखालाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा थप परिचित बनाउने बताए ।यस्तै, बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले दोलखाले सांस्कृतिक, प्राकृतिक र आध्यात्मिक अनुभवहरूको पूर्ण प्याकेज प्रदान गरेको बताउँदै कार्यक्रमले दोलखालाई साहसिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने बताए ।कार्यक्रम आयोजक टोलीका प्रतिनिधि तथा स्थानीय समुदायका सदस्य सान्तु श्रेष्ठले गन्तव्य दोलखालाई ‘साहसिक गन्तव्य’का रूपमा घटनाक्रमको परिचय दिएर परिवर्तनको खोजीमा रहेको बताउँदै प्रतियोगितामा प्रतियोगितामा फ्रान्सका प्रख्यात माउन्टेन बाइकिङ लिजेन्ड किलियन ब्रोन पनि सहभागी रहने जानकारी दिए ।प्रतियोगितामा पहिलो क्याटोगोरीमा एलिट समुह, दोस्रोमा खुला वर्ग , तेस्रोमा मध्यम तथा चौथो स्तरमा रमाइलो वर्ग गरि वर्गिकरण गरिएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न