गृहपृष्ठ ∕ समाचार ∕ विपिन जोशीको रिहाइका लागि कतारसँग परराष्ट्रमन्त्री साउदको आग्रह विपिन जोशीको रिहाइका लागि कतारसँग परराष्ट्रमन्त्री साउदको आग्रह दीप संञ्चार मंसीर १९, २०८० गते १६:५० मा प्रकाशित काठमाडौं। हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदले कतारसँग आग्रह गरेका छन् । मंगलबार परराष्ट्रमन्त्री साउदले नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग मन्त्रालयमा भेट गरी जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका हुन् ।हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन मन्त्री साउदले कतारी राजदूत अन्सारीसँग आग्रह गरेका हुन् । जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको जानकारी दिँदै नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास जारी रहेको बताए ।‘इजरायल र हमासबीच पुनः युद्ध सुरु भएको छ । परिस्थिति जटिल छ । यद्यपि, अर्को युद्ध विरामका लागि पहल भइरहेको छ’, परराष्ट्रमन्त्री साउदसँग राजदूत अन्सारीले भने, ‘हामीले बन्दीहरु छुटाउनका लागि पनि प्रयास गरिरहका छौं।’ मन्त्री साउदले यसअघि ८ मंसिरमा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका दागि पहल गरिदिन आग्रह गरेका थिए ।यस्तै उनले ७ मंसिरमा इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए । परराष्ट्रमन्त्री साउदले १० डिसेम्बरदेखि कतारमा सुरु हुन गइरहेको दोहा २१औँ फोरममा सहभागिता जनाउने क्रममा हुने उच्चस्तरीय भेटमा जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने उनको सचिवलायले जनाएको छ । मन्त्रालयमा मंगलबार भएको भेटमा परराष्ट्रमन्त्री साउद र कतारका राजदूत अन्सारीबीच दोहा फोरम भ्रमण, कतारमा हुने उच्चस्तरीय भेटघाटलगायत विषयमासमेत छलफल भएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा