Techie IT
×
गृहपृष्ठअपराधरुपन्देहीमा बालिकाको हत्या

रुपन्देहीमा बालिकाको हत्या


भैरहवा । रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ ।

 

स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो । उनको शव मर्चवारी–१ इस्लामपुरमा आज फेला परेको हो ।

 

कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टका अनुसार कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले बताए ।


क्याटेगोरी : अपराध, समाचार, समाज
ट्याग : #breaking, #हत्या

तपाईको प्रतिक्रिया दिनुहोस