गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्रीको निर्देशनपछि त्रिवि उपकुलपतिको दरखास्त विज्ञापन रद्द प्रधानमन्त्रीको निर्देशनपछि त्रिवि उपकुलपतिको दरखास्त विज्ञापन रद्द दीप संञ्चार पुस २२, २०८० गते १०:२४ मा प्रकाशित काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गर्दै गरेको विज्ञापन रद्द गरेको छ । विज्ञापनमा राखिएको त्रिवि पदाधिकारीको अनुभवसम्बन्धी व्यवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै असहमति राखेपछि शिक्षा मन्त्रालयले गत शुक्रबार प्रकाशित विज्ञापन रद्द गरेको हो ।उपकुलपति छनोट तथा सिफारिस समितिले यसअघि प्रकाशन भएको सूचना रद्द गर्दै त्यसबारे आवश्यक व्यवस्था गरेपछि अर्को सूचना प्रकाशन गर्ने जनाएको छ । समितिले प्रकाशन गरेको सूचनामा उपकुलपतिमा आवेदन दिनका लागि विगतमा कुनै एक पदाधिकारी भइसकेको हुनुपर्ने प्रावधान थियो ।त्यस्तो व्यवस्थाबारे सामाजिक सञ्जालमा चर्को आलोचना समेत भएको थियो । प्रधानमन्त्री दाहालले सो समितिका संयोजक एवम् शिक्षामन्त्री अशोककुमार राईलाई बोलाएर सूचनामा राखिएको अनुभवसम्बन्धी व्यवस्था हटाउन निर्देशन दिएका थिए । समितिले शनिबार हाललाई सो सूचना नै रद्द गर्ने निर्णय गरेको हो । अब प्रावधान सच्याएर अर्को विज्ञापन प्रकाशन गर्ने समितिले जनाएको छ ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न