गृहपृष्ठ ∕ समाचार ∕ कांग्रेस नेतृ द्रौपदा शर्माको निधन कांग्रेस नेतृ द्रौपदा शर्माको निधन दीप संञ्चार माघ ९, २०८० गते १३:०४ मा प्रकाशित काठमाडौं । नेपाली कांग्रेसकी नेतृ द्रौपदा शर्मा पोखरेलको आज बिहान निधन भएको छ । १०२ वर्षीया पोखरेलको काठमाडौंको सामाखुसी रानीबारीस्थित निवासमा मंगलबार बिहान ४ बजे निधन भएको हो ।उनी स्वर्गीय गोबद्र्धन शर्मा पोखरेलकी धर्मपत्नी हुन् भने संविधानसभा सदस्य रामचन्द्र, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र, योजना आयोगको पूर्वउपाध्यक्ष डा। जगदीशचन्द्र र सुवास पोखरेलकी आमा हुन् ।नेपालमा प्रजातन्त्र स्थापनाका लागि गोबद्र्धन सँगसँगै खटिएकी उनको नेपाली कांग्रेसको संगठनमा महत्वपूर्ण योगदान छ । वि।सं। २००७ सालको जनक्रान्तिपछि स्थानीय महिला संघको अध्यक्ष बनेकी उनी २०१८ सालको जनक्रान्तिमा स्वर्गीय गोबद्र्धन पोखरेलको पञ्चातले सर्वस्वहरण गर्दा साथै गिरफ्तार भएकी थिइन् । उनीहरुलाई पैदलै हिडाएर पोखरा हिरासत पु¥याइएको थियो ।गोबद्र्धनको निधन भएपछि द्रौपदा गोबद्र्धन शर्मा स्मृति ट्रष्टको अध्यक्ष तथा संरक्षक समेत रहेकी थिइन् । उनको मंगलबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #निधन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा