Techie IT
×
गृहपृष्ठसमाचारपूर्व सभामुख महराको थुनछेक बहस आज

पूर्व सभामुख महराको थुनछेक बहस आज


काठमाण्डौ, यौन दुराचारको आरोपमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराको बिहीबार थुनछेक बहस सुरु हुँदै छ । सम्भवतः बिहीबारै धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्ने छ । धेरै वकिलले थुनछेक बहस गरे समय लाग्ने नत्र आजै टुंगो लाग्ने अदालत स्रोतले बताएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले महरालाई काठमाडौं जिल्ला अदालतमा पेस गर्ने बताए । संसद सचिवालयकी एक कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि महरा १९ असोजमा पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद दिएको थियो ।

तर प्रहरीले अनुसन्धान नसकिएको भन्दै फेरि समय मागेपछि अदालतले पछिल्लो पटक ७ कात्तिकमा थप सात दिन म्याद थपिदिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस