गृहपृष्ठ ∕ समाचार ∕ महराविरुद्ध करणी उद्योग अन्तर्गत मुद्दा महराविरुद्ध करणी उद्योग अन्तर्गत मुद्दा दीप संञ्चार कात्तिक १४, २०७६ गते १९:५२ मा प्रकाशित काठमाडौं, यौन दुराचारको अभियोग लागेका नेकपाका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध करणी उद्योग अन्तर्गत मुद्दा चलाइएको छ ।महानगरीय प्रहरी परिसरबाट प्राप्त अनुसन्धानको फाइल अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध जवरजस्ती करणी उद्योगमा मुद्दा चलाएको हो । जवरजस्ती करणी प्रयास उद्योग अन्तर्गत साढे ३ वर्षदेखि ५ वर्षसम्मको कैद सजाय मागसहित सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दाको फाइल पेश गरेको हो ।सरकारी वकिलको कार्यालयले सार्वजनिक पदमा बसेको व्यक्तिले करणी प्रयास गरेको हुनाले थप साढे दुई वर्ष सजाय माग दाबी पनि गरेको छ । यसो हुँदा महराविरुद्ध सरकारी वकिल कार्यालयले साढे ५ देखि साढे ७ वर्षसम्म जेल सजाय माग दाबीसहित मुद्दाको फाइल अघि बढाएको हो । महराको मूल कसुर मुलुकी अपराध संहिता ०७४ को दफा २१९ को जबरजस्ती करणीसम्बन्धी दफा आकर्षित हुने गरि सरकारी वकिलको कार्यालयले अभियोगपत्र बनाएको हो ।नर्भिक अस्पतालमा उपचाररत महरालाई बिहीबार सरकारी वकीलको कार्यालयमा उपस्थित गराएर जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो । अब उनीमाथि लगाइएको अभियोगबारे उनी पक्षका वकिलहरुले बहस गर्नेछन । बहस सकिएपछि महरा सादा तारेखमा छुट्ने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारगार चलान गर्ने अदालतले निर्णय दिनेछ । यो संहिता अन्तर्गत १८ वर्षमाथिका महिलालाई बलात्कार गरेको पुष्टि भएमा ७ देखि १० वर्ष जेल सजाय हुने व्यवस्था छ ।बलात्कार प्रयासको हकमा अधिकतम् १० वर्षको आधा अर्थात् ५ वर्ष जेल सजाय माग गरिनेछ । महराविरुद्ध फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको दफा १५ आकिर्षत हुने गरि अभियोगपत्र दर्ता गरिँदैछ । यो संहिताको दफा १५ ‘ङ’ मा ‘कुनै सरकारी कार्यालय, सार्वजनिक वा सङ्गठित संस्थाको पद वा ओहोदामा बहाल रही त्यस्तो पद वा ओहोदाको दुरुपयोग गरी कसूर गर्ने कसूरदारलाई त्यस्तो कसूरमा हुने सजायको डेढी सजाय,’ व्यवस्था गरिएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन