डीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर

काठमाडौँ। बुटवलका डीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् ।
घुस रकमसहित नियन्त्रणमा लिइएका केसीलाइ मंगलबार विशेष अदालतले दोषी ठहर गर्दै बिगो बराबरकै जरिवाना र २ वर्ष कैद सजायको फैसला सुनाएको हो ।
केसी गत साउन महिनादेखि बर्खास्तीमा परेका थिए । उनलाई दोषी ठहर गर्दै गर्दै ८ लाख ५० हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद सजायको फैसला सुनाएको हो ।
डीएसपी केसीले सुनचाँदी व्यवसायी किसन बिकसँग घुस लिएको आरोप केसीलाई लागेको थियो । गत वर्षको मङ्सिर महिनामा बुटवल स्थित टेलिकम कार्यालय अगाडीबाट सुन सहित पक्राउ परेका विकको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न केसीले नगद र चेक लिएका थिए।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर तथा सदस्यद्वय न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले केसीलाई दोषी ठहर गरेको हो।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
- दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
तपाईको प्रतिक्रिया दिनुहोस