Techie IT
×
गृहपृष्ठप्रदेश खबरप्रदेश ५लमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्ति

लमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्ति


दाङ — दाङको लमही नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा प्रसिद्ध धार्मिक स्थल बगार बाबा धाम रिहारका लागि कुनै बजेट नछुट्याएकोमा धार्मिक स्थल बगार बाबा धाम रिहारका अध्यक्ष रवीन्द्र खत्रीले गम्भीर आपत्ति जनाएका छन्।

अध्यक्ष खत्रीले नगरपालिकाको यो निर्णयप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै भने, “श्री बगार बाबा धार्मिक विकास क्षेत्र तपाई हामी सबैलाई थाहा हुन सक्छ जो लमही नगरपालिका वडा नं. ०९ रिहारमा पर्दछ। यो धार्मिक विकास क्षेत्र नेपालका एक सय एक पर्यटकीय गन्तव्यमा सुचिकृत भएको भन्ने कुरा पनि तपाईं हामी सबैले सुन्दै आईरहेका छौं। यहाँ हरेक वर्ष माघे सङ्क्रान्तिमा धर्मिक मेला लाग्ने गर्दछ। यस मेलामा भारतका श्रावस्ति, गोण्डा, तुल्सिपुर आदि क्षेत्रबाट तिर्थालु भक्तजन दुई लाख भन्दा बढी आउने गर्दछन। आन्तरिक तथा बाहृय भक्तजनको गणना गर्ने हो भने करिब करिब चार देखि पाँच लाख हुन जान्छ।”

अध्यक्ष खत्रीले थपे, “बगार बाबा, भैने पर्शुराम, मामीशंवरी, काली, गणेश, कोटीहोम, शिव, बराहा, झाक्री लगाएत विभिन्न भगवानका मन्दिर रहेका छन। त्यति मात्र नभई दाङ जिल्लामा एकमात्र तातो पानी हुने कुण्ड (तप्त कुण्ड) यहि धार्मिक क्षेत्र भित्र रहेको छ। यस्तो महत्वपूर्ण धार्मिक स्थलको विकास र संरक्षण नगरपालिकाको प्रमुख जिम्मेवारी हो। यसलाई नगरपालिकाले बेवास्ता गर्नु दुर्भाग्यपूर्ण छ।”

उनले भने “समग्रमा भन्नु पर्दा, लमही नगरपालिका अन्तर्गतको बगार बाबा धाम पर्यटकीय सम्भावना बोकेको स्थान भए तापनि विकासको गति समात्न नसक्दा पछि परेको देखिन्छ। नगरपालिका स्तरबाट विकासको लागि कुनै ठोस योजना र बजेट नहुनु यसको प्रमुख कारण हो। लमही नगरपालिकाले आफ्नो निति तथा कार्यक्रममा बगार बाबा धामको विकासको लागि बजेट छुट्याएको देखिदैन, जसले गर्दा यो क्षेत्र अझै पनि पछि परिरहेको छ। नगरपालिकाले बजेट र विकासको जिम्मेवारी प्रदेश र संघ सरकारको अन्तर्गत पर्ने भन्दै आफ्नो उत्तरदायित्वबाट पन्छिने गरेको देखिन्छ। यसरी, बगार बाबा धामको विकासका लागि स्थानीय सरकारको प्रभावकारी पहल र लगानी आवश्यक छ।”

लमही नगरपालिका मेयर जोग राज चौधरीका अनुसार “लमही नगरपालिकाले आफ्नो निति तथा कार्यक्रमहरुमा धेरै क्षेत्रहरुलाई समेट्नुपर्छ र सिमित बजेटको कारण सबै क्षेत्रमा समान रुपले बजेट छुट्याउन सम्भव छैन्। नगरपालिकाले आफ्नो सिमित साधन र स्रोतको अधिकतम उपयोग गर्दै विकासका कामहरु गरिरहेको छ। सोही वडाबाट वजेट परेको छ विकासका काम भएकै छ उहाँले भन्नुभयो। उहाँले प्रदेश र संघ सरकारले पनि यस्तो धार्मिक स्थलको विकासमा ध्यान दिनुपर्दछ र उतै समन्वय गर्न जरुरी रहेको बताउनुभयो। – सिस्ने अनलाइन


क्याटेगोरी : समाचार, प्रदेश ५
ट्याग : #लमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्ति

तपाईको प्रतिक्रिया दिनुहोस