गृहपृष्ठ ∕ समाचार ∕ तरुण नेता शाहलाई फसाउन खोजियो – अध्यक्ष बस्नेत तरुण नेता शाहलाई फसाउन खोजियो – अध्यक्ष बस्नेत दीप संञ्चार कात्तिक १५, २०७६ गते १५:५६ मा प्रकाशित काठमाण्डौ, नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले नेपालगञ्जबाट पक्राउ परेका नगर सभापति सन्दीपजङ्ग शाहलाई प्रहरीले गलत मनसायका साथ फसाउन खोजेको आरोप लगाएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति निकाल्दै शाहलाई प्रहरीले फसाउन खोजेको उल्लेख गरेका छन् ।बाँकेको जानकी गाउँपालिकाबाट प्रहरीले शाहसहित ६ जनालाई अत्याधुनिक पेस्तोलसहित पक्राउ गरेको जनाएको छ । तर तरुण दलले उक्त पेस्तोल प्रहरीले आफै बोकेर लगेको दाबी गरेको छ । अध्यक्ष बस्नेतद्वारा जारी विज्ञप्तिमा बरामद भएको भनिएको पेस्तोलको फिंगर प्रिन्ट तत्काल जाँच गर्न माग गरेका छन् ।‘प्रहरीद्वारा आफैले लगेको हतियार तरूण नेता सन्दीपजंग शाहको गाडीबाट बरामद भएको भनी झुठा बहाना बनाइ फसाउने र सामाजिक आतंक सिर्जना गर्ने लोकतन्त्रवादी तरूणहरूलाई दुःख दिने कुत्सित मनसाय एंव दूरासययुक्त नियतले पक्राउ गरिएका शाहलगायतलाई तत्काल रिहा गर्न, घटनास्थलमा पुगी निर्दोष तरूण नेताहरूलाई पक्राउ गरी फसाउन झुठा प्रपञ्च रच्ने षडयन्त्रकारी प्रहरीलाई हदैसम्मको कारबाही गर्न र बरामद गरिएको भनिएको हतियारमा फिंगर प्रिन्ट तत्काल जाँच गरी सत्यतथ्य बाहिर ल्याउन तरुण दल माग गर्दछ,’ बस्नेतले विज्ञप्तिमा भनेका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदैनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट…पर्वत समाज कतारको सातौ अधिबेशन हुदैनेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ३हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’