Techie IT
×
गृहपृष्ठआर्थिकनेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त

नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त


दोहा – नेपाल व्यवसायी संघ कतार र नेपाल उद्योग वाणिज्य महासंघ विच संघको आयोजनामा एक कार्यक्रम आयोजना गरी नेपालमा लगानीको सम्भावना र चुनौति विषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईको सभापतित्व एवं महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा दोहा स्थित लासिगल होटलको सभाहलमा आज मंगलबार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले व्यवसायमा चुनौहिरु समान्य रहेको बताउँदै नेपालमा व्यवसायको प्रचुर सम्भावना रहेको जिकिर गरे । ढकाले थपे, ‘म गाउँबाट काठमाडौं आउने भाडा समेत जोहो गर्न हम्मेहम्मे पर्ने सामान्य परिवारको व्यक्ति हुँ, र पनि नेपालको सम्भावनालाई अध्ययन गरि व्यवसायीक सफलता प्राप्त गर्न सकोछु भने यहाँहरु त आफैँमा सफल व्यवसायीहरु हुनुहुन्छ भने किन चुनौतिका कुरालाई मात्र फोकस गर्नुहुन्छ ?’

त्यसैगरी कार्यक्रमलाई समापन गर्दै संघका अध्यक्ष चम्लागाऊले वैदेशिक सदस्यता प्रदान गरेकोमा महासंघलाई धन्यवाद ज्ञापन व्यक्त गर्दै वैदेशिक लगानी भित्राउनका लागि आफूहरुले महत्वपूर्ण भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कतारका लागि नेपाल सरकारको तर्फबाट पर्यटक प्रवर्धक आर.के शर्मा, संघका संरक्षक डा. देवकाजी ढंगोल प्रमुख सल्लाकार प्रविण गुरुङ्गले कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा लगानीका सम्भावना र चुनौतिका विषयमा चर्चा गर्दै नेपाल सरकारले वैदेशिक लगानीका लागि सहज गरिदिन आग्रह गरेका थिए ।

संघका उपाध्यक्ष नरेन्द्र भाटको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रममा संघका उपाध्यक्ष रमेश भट्टले संस्थागत जानकारी गराएका थिए भने उपाध्यक्ष राज रेग्मीले कार्यक्रमबारे प्रकाश पारेका थिए ।

संघका कानुनी सल्लाहकार प्रोफेसर मोहम्मद रमजान अलि मिया, सल्लाहकार सागर नेपाल लगाएतले सम्बोधन गरेको कायक्रममा उपस्थित सम्पूर्णलाई संक्षिप्त परिचय गराउदैँ आ–आफ्नो व्यवसायका बारेका प्रकाश पार्ने अवसर दिईएको थियो ।

संघका महासचिव शंकर प्रसाद न्यौपानेले सहजिकरण गरेको कार्यक्रममा संघ र महासंघ विच वैदेशिक लगानी भत्र्याउने गहीरो प्रतिबद्धता सहीत मायाको चिनो साटासाट गरीएको थियो ।

यसैविच महासंघका अध्यक्ष एवं प्रमुख अतिथिद्धारा संघका अध्यक्ष महेन्द्र प्रसाद चम्लागाईलाई संघको सदस्यता पत्र हस्तान्तरण गरिएको छ । संघले महासंघको वैदेशिक सदस्यता प्राप्त गरेको सदस्यता पत्र हस्तान्त्रण गरिएको हो ।

महासंघको आठौं कार्यकारिणी समितिको बैठकले संघलाई बैदेशिक सदस्यता प्रदान गर्ने निर्णय गरको पत्रमा उल्लेख गरिएको छ ।

महासंघको लेखाशाखालाई बोधार्थ एवं संघका महानिर्देशक गोकर्ण राज अधिकारीको हस्ताक्षर रहेको पत्रमा वैदेशिक सदस्यको रुपमा महासंघमा स्वागत गरेको उल्लेख गर्दै भनिएको छ, ‘महासंघ एवं समग्र निजि क्षेत्रको श्रीबृद्धि र नेपालमा लगानी बढाउन त्यहाँ संस्थाको उच्च योगदान रहने विश्वास लिएको छु’


क्याटेगोरी : आर्थिक, ग्लोबल, गल्फ, समाचार
ट्याग : #breaking, #hot, #कतार विशेष

तपाईको प्रतिक्रिया दिनुहोस