नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल

दोहा-कतारका लागि नवनियुक्त राजदूत रमेश चन्द्र पौडेलले कतारमा रहेका नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको बताएका छन।
आफू कतार आएको २२ दिनमै गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको २२औं स्थापना दिवसको अवसरमा बोल्दै राजदुत पौडेलले कतारमा रहेका मजदुरहरुलाई व्यवस्थित र छिटो छरितो रुपमा पासपोर्ट नवीकरण गर्ने बाताबरण बनाउन दूतावास लागि परेको बताएका हुन।
मजदुरहरुको मुख्य समस्याका रूपमा रहेको पासपोर्ट नवीकरणको लागि दूतावासमा पनि सिमित कर्मचारीको कारण समस्या रहेकोले कतारमा रहेका सबै सस्था सङ्ग पनी समन्वय गरेर चाँडै समस्या हल गर्ने बताए।
उनले भने “सिमितता हामी सँग पनि रहेछ,जस्को मिति नाघ्न लागेको छ उसलाई प्राथमिकता दिएर काम गर्नेछौं ”
कतार श्रमिकहरूको श्रम गर्ने थलो भएको हुँदा श्रमिकको हकहितको रक्षा गर्नु पहिलो दायित्व दुतावासको रहेको बताउँदै उनले नेपालको आर्थिक श्रमृद्धिको लागि वैदेशिक लगानी भित्र्याउन र दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउनुपर्ने जिम्मेवारी कतारमा रहेका सबै नेपालीको रहेको बताएका छन।
कतारबाट राहदानी नवीकरणका लागि अनलाइन स्लट उपलब्ध नहुँदा कतारमा रहेका नेपाली श्रमिकहरूले लामो समयदेखि समस्या झेलिरहेका छन। राहदानी नभएर कतारी आईडी नबन्दा धेरै नेपालीले रोजगारी गुमाउनु परेकोले हरेक कार्यक्रममा सहभागीले दुतावासलाई समस्या समाधानको लागी अनुरोध गर्दे आएका छन ।
क्याटेगोरी : ग्लोबल, समाचार
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
ताजा अपडेट
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
- दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
तपाईको प्रतिक्रिया दिनुहोस