दोहा – कतारका लागि नवनियुक्त राजदुत रमेशचन्द्र पौडेल संग नेपाल पत्रकार महासंघ कतार शाखाले भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली राजदूतावास दोहा कतारको सभाहलमा आज सम्पन्न गरिएको “भेटघाट तथा परिचयात्मक” कार्यक्रममा आफ्नो धारण व्यक्त गर्दै पौडेलले, दुई देशलाई आपसी सम्बन्धलाई मजबुत पार्न,सहकार्यको सिलसिलामा निरन्तर अगाडि बढाउन, प्रत्यक्ष लगानी भित्राउन दुई देश बिच पुलको भुमिका निभाउने बिश्वास व्यक्त गरे ।
” उनले दुई देश बिच सामाजिक, साँस्कृतिक, धार्मिक एकतालाई मजबुत पार्न, सामाजिक सुधारका कार्यलाई अगाडि बढाउन, खेर गहिरहेको श्रमसक्तिलाई प्रयोगमा ल्याउन जस्ता बहुउपयोगि कार्यहरु प्राथमिक्तामा रहेको जानकारी दिए ।
राजदुत पौडेलले विशेष गरि पासपोर्टको म्याद सकिएका, सकिनै लागेका र पासपोर्टको म्याद सकिएका, कतार आइडी रिन्यू नभएका र उक्त कारणले बैकिङ कार्यमा समस्या भएका नेपाली नागरिकहरूका लागि अति आवश्यकताका आधारमा आफैंले फाराम भरिदिने समेत व्याबस्था गरिएको जानकारी गराए ।
भेटघाट्मा महासंघ शाखा कतारका अध्यक्ष दिल कुमार श्रेष्ठ, प्रमुख सल्लाहकार करिम बक्स मिँया,रेडियो ओलिभका पत्रकार सोम थापा लगायत उल्लेखनीय पत्रकारहरुको उपस्थिति रहेको थियो ।
महामहिम राजदूतलाई स्वागत संगै सफल कार्यकालको लागी शुभकामना व्यक्त गर्दै दोहाका नेपाली समुदायहरूका सरोकारका विषयहरू र वर्तमान महत्वपूर्ण पासपोर्ट नवीकरणमा सेवाग्राहीले भोगेका समस्याका लगायत विविध विषयमा जानकारी गराइएको थियो ।
क्याटेगोरी : ग्लोबल, समाचार