नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
दोहा– नेपाली जनसम्पर्क समिति कतारले बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
४९औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर नेपाली जनसम्पर्क समिति कतारले बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो ।
नेपाली रक्तदाता संघ कतारसँगको समन्वयमा जनवरी ३ तारिक शुक्रबारका दिन हमाद हस्पिटलको ब्लड डोनेसन सेन्टरमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागीएको हो ।
कार्यक्रममा कतारमा स्थापित वैचारिक, सामाजिक, व्यावसायिक, सामुदायिक साहित्यिक संघ संस्थासहित दोहावासी सम्पूर्ण नेपालीहरूलाई उपस्थिति भई रक्तदान गरि दिन आयोजकले अनुरोध गरेको छ।
“रक्तदान गरौं जीवन बचाऔं” भन्ने मूल नारालाई आत्मसात गर्दै बिहान ८ बजेबाट दिउँसो १२ बजे सम्म रक्तदान कार्यक्रम चल्ने आयोजकले जनाएको छ ।
क्याटेगोरी : ग्लोबल, समाचार
ताजा अपडेट
- नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न
- कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित)
- पर्वत समाज कतारको सातौ अधिबेशन हुदै
- नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल
- अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’
- चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा
- एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय
तपाईको प्रतिक्रिया दिनुहोस