गृहपृष्ठ ∕ समाचार ∕ प्रदेश प्रमुख बर्खास्तीमा कांग्रेसको असन्तुष्टि प्रदेश प्रमुख बर्खास्तीमा कांग्रेसको असन्तुष्टि दीप संञ्चार कात्तिक १७, २०७६ गते १९:३६ मा प्रकाशित काठमाडौं, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेको छ । यसले सरकार र विपक्षीबीच द्वन्द्व बढाउने संकेत गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साझ सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णयमा हस्ताक्षर गरेकी हुन् ।कांग्रेस प्रवक्ता शर्माले सरकार जरुरी काम छाडेर केही कार्यकर्तालाई जागिर खुवाउनेतिर लागेको टिप्पणी गरे ।सरकारको निर्णय पूर्वाग्रहीसमेत भएको शर्माले बताए । यदि संघ वा प्रदेश सरकारलाई अमुख प्रदेश प्रमुखका कारण काम गर्न असहज भएको भए भन्नुपर्ने भन्दै उनले भने, ‘एकमुष्ट रुपमा पदमुक्त गर्नु भनेको राजनीतिक पूर्वाग्रह पनि हो ।’प्रबक्ता शर्माले उपचुनावका लागि आचार संहितासमेत लागू भइसकेको अवस्थामा प्रदेश प्रमुखहरु हटाउने र नियुक्त गर्नु कति नैतिकपूर्ण हुन्छ भन्ने प्रश्न समेत गरे ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारपर्वत समाज कतारको सातौ अधिबेशन हुदैनेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न…अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक