अर्घाखाँचीमा कार दुर्घटनामा, ३ को मृत्यु

काठमाण्डौ, अर्घाखाँचीमा कार दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको नरपानीमा रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क जाँदै गरेको बा १७ च ६९१७ नम्बरको कार दुर्घटनामा परेको हो । दुर्घटनामा परी सैनामैना नगरपालिका वडा नं. २ मुर्गियाका ७० वर्षीय दुर्गादेवी खड्का, ४३ वर्षीय भक्त बहादुर खड्का र ४० वर्षीय तिलक बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब निरीक्षक खेमानन्द काफ्लेका अनुसार कार चालक मुर्गीयाकै ४९ वर्षीय गंगा बहादुर खड्का र अन्दाजी २६/२७ वर्षीय विनोद खड्का घाइते छन् ।
कार चालकको अर्घाखाँचीको ठाडा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएका विनोदलाई थप उपचारको लागि बुटवल पठाइएको प्रहरी नायब निरीक्षक काफ्लेले जानकारी दिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
तपाईको प्रतिक्रिया दिनुहोस