गृहपृष्ठ ∕ मनाेरञ्जन ∕ जनगायक जीवन शर्माका छोरा अमृत आचार्यको उपचारका लागि एकता समाजको आर्थिक सहयोग जनगायक जीवन शर्माका छोरा अमृत आचार्यको उपचारका लागि एकता समाजको आर्थिक सहयोग दीप जङ्ग शाह कात्तिक २५, २०७६ गते १४:५४ मा प्रकाशित दोहा, जनगायक जीवन शर्माको छोराको उपचारका लागि बिभिन्न देश र संघ सस्था बाट सहयोग रकम जुटिरहेको बेला कतार नेपाली एकता समाजले पनि आर्थिक सहयोग गरेको छ ।जटिल रोगका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माका माइला छोरा अमृत आचार्यको उपचारमा सहयोग गर्ने उद्देश्यले एकता समाज कतारका सदस्यहरु बाट रकम संकलन गरि नेपाली रुपिया १ लाख ५६ हजार १ सय ८६ जीवन शर्मा का जेठा छोरा अर्जुन आचार्यको नाममा पठाइएको समाजका अधक्ष्य हेमन्त वाइवाले बताए ।देश तथा बिदेसमा बिभिन्न पिडित हरु लाइ सहयोग गर्दै आएको एकता समाजले जनताका पक्षमा गीत गाउदै आउनु भएका वरिष्ठ जनगायक शर्माको परिवारलाई आइपरेको विपतमा साथ दिने मनासायले रकम संकलन गरेको वाइबाले बताए ।‘छैन मेरो शरीरमा अत्तरको सुगन्ध, होला बरु जिउभरी पसिनाको गन्ध’, ‘होला मेरो खुट्टा बरु पटपट्टी फुटेको, तर मेरो जीन्दगी यसैमा उठेको’, ‘चाँहिंदैन मलाई सिसाको महल, चाँहिदैन मलाई सम्पतीको रास ।’ जस्ता भावले भरिएका जनगायक शर्मा यतिवेला भने पैसा कै कारण चरम पिडासंग पिल्सिएका छन् । तथापि तिनै जनताले नै शर्माको घाउमा मलम लगाईरहेका छन् ।दशैंका दिन उनका छोरा अमृत शर्मा खाना खाने क्रममा मासुको हड्डीले अन्न नली छेडेर सिकिस्त बनेका थिए । अन्ननलीमा हड्डी अड्किएर इन्फेक्सन भएपछि अमृतको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।उपचारमा आर्थिक अभाव भएपछि आर्थिक संकलन अभियान सुरु गरिएको हो । अमृतको घाँटीको नलीमा जटिल समस्या देखिएको थियो जनगायक शर्मालाई आर्थिक अभावका कारण छोराको उपचारमा कठिनाइ भइरहेको बेला विभिन्न देशमा रहेका एकता समाज लगाएत्, कलाकार र सामाजिक अभियन्ताहरु लगाएतले सहायोग रकम संकलन गरिरहेका छन् ।क्याटेगोरी : मनाेरञ्जन, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमासञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिकनेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न