गृहपृष्ठ ∕ समाचार ∕ रौतहटको प्रहरी चौकीमा बम बिस्फोट रौतहटको प्रहरी चौकीमा बम बिस्फोट दीप संञ्चार कात्तिक २६, २०७६ गते १५:४७ मा प्रकाशित काठमाण्डौ, नेपाल-भारत सीमा क्षेत्रमा पर्ने रौतहटको एक प्रहरी चौकीमा बम विष्फोट भएको छ ।जिल्लाको इशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । घटनामा प्रहरी जवान रञ्जित यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए ।सेन्ट्री पोस्टमा बसेका यादव बम प्रहारबाट घाइते भएका हुन् । प्रहरीले बम प्रहार गर्ने भारतीय नागरिकलाई पक्राउ गरेको छ ।रौतहटको मठिया प्रहरी चौकीमा बम प्रहार गरेको आरोपमा पक्राउ पर्नेमा भारत बिहारको ढाका भन्ने स्थानका चन्दनकुमार रहेका छन् । उनले प्रयोग गरेको बीआर०५एच६५०९ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको रौतहट प्रहरीले जनाएको छ ।मठिया चौकी नेपाल-भारत सीमा क्षेत्रमा पर्दछ । घटनाको क्षतिबारे जानकारी लिनका लागि प्रहरी निरीक्षक खगेन्द्र धमलाको नेतृत्वको टोली घटनास्थलतर्फ गएको प्रहरी प्रमुख एसपी खत्रीले बताए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदैनेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदैनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै