Techie IT
×
गृहपृष्ठसमाचार१३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपाल दोस्रो

१३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपाल दोस्रो


काठमाण्डौ, १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा भारत प्रथम र नेपाल दोस्रो भएको छ । दक्षिण एशियाली खेलकुदमा भारत यस अघिको खेलमा पनि पहिलो भएको थियो ।

भारतले ९२ रजत र ४५ काँस्यसहित कुल ३०८ पदक जितेको छ । दोस्रो स्थान हासिल गरेको नेपालले ५१ स्वर्ण, ५९ रजत र ९२ काँस्यसहित कुल २०२ पदक जितेको छ ।

तेस्रो स्थानमा श्रीलंका रहेको छ । उसले ४० स्वर्ण, ८२ रजत र १२६ काँस्यसहित २४८ पदक जितेको छ ।

चौंथो स्थानको पाकिस्तानले ३० स्वर्ण, ४० रजत र ५९ काँस्यसहित १२९ पदक जितेको छ । पाचौं स्थानको बँगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ काँस्यसहित १३८ पदक जितेको छ ।

छैंठौं स्थानको मालदिभ्सले एक स्वर्ण र तीन काँस्यसहित चार पदक जितेको छ । मालदिभ्सले कुनैपनि स्वर्ण जित्न सकेन । उसले ७ रजत र १३ काँस्यसहित २० पदक जितेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस