दाङ्ग, नगरपालिका स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी रोजि बड्स बालबाटीका माध्यमिक विद्यालयले हात पार्न सफल भएको छ ।
यो संगै कार्यक्रम मंगलवार देखि सकिएको छ । यस अघि आदर्श माध्यमिक विद्यालयले जितेको रनिङ्ग शिल्ड यस बर्ष रोजी बड्स बालबाटीकाले हात पारेको हो । लमही नगरपालिकाको आयोजना र रोजी बड्स बालबाटिका माध्यमिक विद्यालय लमहीको सहआयोजनामा कार्यक्रम भएको हो ।
रोजीले आठ स्वर्ण, चार रजत, चार कास्य जितेर प्रथम भएको हो । बालजनता माध्यमिक विद्यालय बनगाउँले सात स्वर्ण, चार रजत र तिन कास्य जितेर द्वीतिय स्थान हासिल गरेको छ । सनलाईट बोर्डिङ स्कुल लमहीले छ स्वर्ण, तिन रजत जितेर तेस्रो भएको छ ।
गोर्खा बोर्डिङ्ग स्कुल लमहीले चार स्वर्ण, छ रजत र ७ कास्य जितेर सान्त्वना भएको छ । आदर्श नमुना माध्यमिक विद्यालयले तीन संवरण, तीन रजत र पाँच कास्य पदक जितेको छ । आउदो बर्ष लमही नगरपालिका वडा नम्बर ३ भित्रको विद्यालयले तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्ने वडा नम्बर ३ का अध्यक्ष बावुराम चौधरीले बताए ।
लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले उपाधी जित्ने विद्यालयलाइ शिल्ड प्रदान गर्दै प्रतियोगितामा सहभागी सबैलाई नगर प्रमुख केसीले सुभ कामना समेत दिएका छन् । हरेक बर्ष राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई व्यवस्थित गर्दै लगिएको नगर प्रमुख केसीले बताए ।
कार्यक्रममा उपप्रमुख देवका बेल्वासे, वडा नम्बर ५ का अध्यक्ष बिमबहादुर केसी, वडा नम्बर ३ का अध्यक्ष बावुराम चौधरी, शिक्षा शाखा प्रमुख रविन्द्र क्षेत्री, सूर्य्विनायक माध्यमिक विद्यालय नर्तिका प्रधानाध्यापक बिष्णु पौडेल लगायतका वक्ताहरुले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक वसन्त न्यौपानेले गरेका थिए ।
क्याटेगोरी : समाचार, प्रदेश ५