गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ सहकारीको रकम हिनामिनामा पक्राउ परेका पत्रकार गुप्ता थुनामुक्त सहकारीको रकम हिनामिनामा पक्राउ परेका पत्रकार गुप्ता थुनामुक्त प्रिया स्मृती गजमेर फागुन २३, २०७६ गते १३:३८ मा प्रकाशित दाङ्ग, दाङको राप्ती गाउँपालिका–५ सिसहनिया स्थित प्रभात बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पत्रकार सन्तोषकुमार गुप्तालाई दाङ देउखुरी जिल्ला अदालतले थुनामुक्त गरेको छ ।संस्थाका ऋण उपसमितिका संयोजक रहेका पत्रकार गुप्तालाई अदालतका २ नम्बर इजलासका न्यायधीश हिमलाल बेल्बासेको एकल इजलाशले दोषी ठहर गर्ने कुनै अाधार नभएको भन्दै सफाई दिदै थुनामुक्त गर्ने फैसला गरेको हो । पत्रकार गुप्तालाई संस्थाको ६६ लाख रुपैयाँ भन्दा बढी रकम हिनामिना गरेको अारोप लागेको थियो ।रकम हिनामिना गरेको आरोप लागेपछि पत्रकार गुप्तालाई २०७५ साल कार्तिक २३ गते ईलाका प्रहरी कार्यालय भालुबाङले पक्राउ गरेको थियो । पक्राउ परेका पत्रकार गुप्तालाई मंसिर ३ गते तत्कालीन न्यायाधिश श्यामलाल घिमिरेले पुर्पक्षमा राखेर अनुसन्धान गर्ने अादेश गरेका थिए ।करिव १६ महिना जिल्ला कारागार कार्यालय घोराही बसाइँ पछि फागुन २२ गते बिहीबार जिल्ला न्यायाधीश बेल्वासेको एकल इजलासले गुप्तालाई सफाई दिएको हो । यता संस्थाका व्यवस्थापक रमिता चाैधरीलाई भने अदालतले दोषी ठहर गर्दै एक महिना भित्र कैद जरिवानाको सुनवाई गर्ने अदालतका श्रेस्तेदार प्रेमनारायण पराजुलीले जानकारी दिएका छन् ।सहकारी संस्थाका अध्यक्ष,उपाध्यक्ष र कोषाध्यक्षको किटानी जाहेरीका आधारमा सहकारी संस्थाका ऋण समितिका संयोजक गुप्ता र त्यसको केही समय पछि व्यवस्थापक चाैधरीलाई इलाका प्रहरी कार्यालय भालुवाङले पक्राउ गरेको थियोे ।हाल रकम हिनामिना गरेको आरोप लागेका रमिताका श्रीमान तथा संस्थाका पुर्व सचिव बसन्तकुमार चौधरी भने अहिले पनि फरार रहेका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न