गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ कोरोना बिरुद्द विपद व्यवस्थापन कोषमा सहयोग जुट्नेक्रम जारि कोरोना बिरुद्द विपद व्यवस्थापन कोषमा सहयोग जुट्नेक्रम जारि प्रिया स्मृती गजमेर चैत्र २७, २०७६ गते १३:२४ मा प्रकाशित दाङ्ग, लमहीमा रहेको प्रभु बैंक शाखाले लमही नगरपालिकालाई खाद्यान्न हस्तान्तरण गरेको छ । दैनिकी ज्यालादारीमा निर्भर रहने र अति विपन्न बर्गका परिवारलाई पर्न गएको समस्यालाई ख्याल गरेर बैंकले राहत सहयोग गरेको हो ।लकडाउनका कारण दैनिक ज्यालादारी काम गरेर खाने अन्न जुटाउने बर्गलाई सहज होस् भनेर लमही नगरपालिकामा खडा गरिएको कोरोना बिरुद्द विपद व्यवस्थापन कोषमा बिभिन्न सामाजिक संघ सस्थाले राहत सहयोग प्रदान गर्ने क्रम जारि छ ।यसै बीच विहिवार बैकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत २५ बोरा चामल, ४ बोरा दाल, एक सय बिस पोका तेल र ५० प्याकेट नुन लमही नगरपालिकालाइ हस्तान्तरण गरिएको हो ।लमही नगरपालिका उपप्रमुख देबका बेल्वासे, बैकका अन्य कर्मचारीहरुको रोहवरमा लमही शाखा प्रबन्धक तुल्सीराम पौडेले लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीलाई ति खाद्यान्नका सामाग्री हस्तान्तरण गरेका हुन् ।त्यसैगरी महिला सामुदायिक वित्तीय संस्था लिमिटेड संस्था केन्द्रीय कार्यालय घोराहीले पनि लमही नगरपालिकाको विपद् व्यवस्थापन कोषमा पचाँस हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको छ ।विहिवार महिला सामुदायिक वित्तीय संस्था लिमिटेड संस्था केन्द्रीय कार्यालय घोराहीका वरिष्ठ अधिकृत रमेश अधिकारीले लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीलाइ नगद ५० हजार हस्तान्तरण गरेका हुन् । राहत उपलब्ध गराउने दाताहरुलाई नगर प्रमुख कुल बहादुर केसीले धन्यबाद दिएका छन् ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा