काठमाडौं – शुक्रबार बिहान कोरोना संक्रमित ३० जना थपिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षण अनुसार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमितको संख्या ४८७ जना पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार संक्रमितहुनेहरुमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी गाउँपालिका ६ निवासी ४५ बर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसरबाघ, चितवन निवासी ७४ बर्षीय पुरुष र ७३ बर्षीय महिला रहेका छन ।
त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका ५ र रामग्राम न.पा. ३ र १८ निवासी ३३, ३५ वर्षीय पुरुषहरू र १५ वर्षीय महिला रहेकी छिन ।
कपिलवस्तु बाणगंगा नपा मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ बर्षीय पुरुषहरू र ८ बर्षीय बालिकासमेत संक्रमित देखिएका छन ।
त्यस्तै सर्लाही, गोडैता नपा ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ बर्षीय पुरुष र १८ बर्षीय महिला रहेका छन ।
मन्त्रालयका अनुसार हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
क्याटेगोरी : समाचारट्याग : #breaking,
#corona