गृहपृष्ठ ∕ समाचार ∕ कांग्रेसका नेता राहुल गान्धीले गरे भारतमा लकडाउन निर्णयको कडा आलोचना कांग्रेसका नेता राहुल गान्धीले गरे भारतमा लकडाउन निर्णयको कडा आलोचना दीप संञ्चार जेठ १४, २०७७ गते ९:१४ मा प्रकाशित काठमाडौं : भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारतमा लकडाउनको निर्णयको कडा आलोचना गरेका छन् । उनले सरकारले लगाएको लकडाउन पूर्ण रूपमा असफल भएको भन्दै सरकारको आलोचना गरेका हुन् ।उनले भने, ‘सरकारको काम शासन सञ्चालन गर्नु हो, हाम्रो भूमिका विपक्षमा भएकाले सरकारमाथि राम्रो कामका लागि दबाब सिर्जना गर्नु हो । यदि कुनै खतरा छ र त्यसलाई सरकारले नजरअन्दाज गरिरहेको छ भने त्यसबारे ध्यानाकर्षण गराउने हाम्रो काम हो ।’ उनले आफूले फेब्रुअरीमा नै कोरोनाको महामारीबाट ठूलो संकट निम्तिने खतरा औँल्याएको उल्लेख गर्दै साना र मध्यम उद्योगलाई आर्थिक राहत प्रदान नगर्ने हो भने ठूलो नोक्सानी हुने बताएका छन् ।उनले भने, ‘जुन चेतावनी मैले फेब्रुअरीमा दिएको थिएँ, अहिले पनि त्यही भनिरहेको छु । म पूर्ण सम्मानसहित सरकारसँग आग्रह गर्दछु कि आर्थिक कदम तत्काल चालियोस् । साना उद्योगको रक्षा सरकारले गरोस् । अन्यथा ठूलो नोक्सानी हुनेवाला छ ।’ उनले मोदी सरकारले घोषणा गरेको आर्थिक राहतको प्याकेजले केही पनि नहुने बताए । गान्धीले जनतालाई मासिक रूपमा दिने भनेको रकमको ५० प्रतिशत खातामा राखिदिन र ५० प्रतिशत मात्रै हातमा दिन आग्रह गरेका छन् । उनले भने, ‘यदि हामीले सिधै गरिब जनतालाई पैसा दियौँ, मजदुरलाई दियौँ भने बाहिरी देशमा हाम्रो छविमा नकारात्मक असर पर्छ र हाम्रो रेटिङ खराब हुन्छ ।’उनले सरकारप्रति मजदुरहरू विश्वस्त हुन नसकिरहेको भन्दै उनले भारतको शक्ति बाहिरबाट नभएर भारतभित्रैबाट बन्ने कुरामा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । एजेन्सीक्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न