गृहपृष्ठ ∕ समाचार ∕ नयाँ नक्सा जारी भएपछि गरिने भनेको संविधान संशोधन तत्काल नहुने नयाँ नक्सा जारी भएपछि गरिने भनेको संविधान संशोधन तत्काल नहुने दीप संञ्चार जेठ १४, २०७७ गते ९:२६ मा प्रकाशित काठमाडौं । नयाँ नक्सा जारी भएपछि गरिने भनेको संविधान संशोधन तत्काल नहुने भएको छ । मंगलबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेसले केही दिन समय मागेकाले तत्काल संविधान संशोधन नहुने भएको हो ।बैठकमा संविधान संशोेधनका लागि प्रधानमन्त्रीले राष्ट्रिय सहमति जुटाउन प्रस्ताव गरेका थिए । जवाफमा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समिति बैठकमा राष्ट्रिय सहमतिका लागि छलफल गर्नुपर्ने भएकाले केही दिनको समय दिन आग्रह गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक भएको भन्दै त्यसका लागि काँग्रेसले साथ दिने बचन दिएको बताए । उनले काँग्रेस केन्द्रीय समिति बैठकमा यसबारेमा निर्णय हुने बताए ।यस्तै बैठकमा जनता समाजवादी दलका नेता महन्थ ठाकुरले संविधान संशोधन गर्दा आफ्ना मागहरु पनि समेट्न आग्रह गरेका थिए । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता सहभागी भएका थिए । बैठकमार्फत सरकारले निशाना छाप संसोधनका लागि एकमत बनाउने प्रयास गरेको हो । सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो ।भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ । सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुप सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसद्मा दर्ता गरेको छ । – राससक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट…पर्वत समाज कतारको सातौ अधिबेशन हुदैनेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न…अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न