गृहपृष्ठ ∕ समाचार ∕ पाल्न नसक्ने भन्दै आफ्नै आमाले गरीन ४ दिने शिशुको हत्या पाल्न नसक्ने भन्दै आफ्नै आमाले गरीन ४ दिने शिशुको हत्या दीप संञ्चार जेठ १४, २०७७ गते ९:५० मा प्रकाशित भक्तपुर । आफ्नो सन्तानको माया महिलालाई सबैभन्दा धेरै लाग्ने गर्दछ । आमा भन्दा ठुलो बच्चाको लागि संसारमा कोही हुँदैन् । तर, ती आमा नै काल बनेपछि सन्तानको के लाग्छ र ? लकडाउनको समय छ । दुई महिना भइसक्यो ।संसारभर कामगरि खाने मानिसको दैनिकी कष्टकर बन्दै गइरहेको छ । त्यहिँ लकडाउन सुरु भएको केही दिनपछि श्रीमान बेपत्ता भए । उदयपुर घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ६, घलाते बस्ने २२ वर्षकी रमिला राईको काखमा २१ महिनाकी छोरी थिइ्न् भने उनको पेटमा अर्को शिशु हुर्कर्दै थियो । ढलानको काम गर्ने क्रममा रमिला र मिलन मगरको भेट भयो । माया प्रेम गाँसे । केही दिन राम्रै भयो ।‘सँगसँगैं बस्न थाले पहिलो बच्चा जन्मियो । तर, मिलनको व्यवहार उहि रह्यो’ प्रहरीसँगको बयानमा रमिलाले भनेकी छिन् ‘केही दिन हराउने फेरि कोठामा आउने गथ्र्यो’ । दैनिक ढलानको काम गरेर खाने उनीहरुको जीवनमा लकडाउन सुरु भएपछि समस्या आएको थियो ।लकडाउन सुरु भएको केहि दिनमै श्रीमान सम्पर्क विहिन भए । यसैबेला उनको दोश्रो बच्चा भएको थियो । ‘दुई सन्तानलाई पालनपोषण गर्न नसक्ने देखेपछि आफुले चार दिने शिशुको हत्या गरेर फालेको रमिलाले बयान दिएकी छिन्’ महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले भने । घर ढलानको काम गर्दै आएकी आमाले शिशुको मुखमा कपडा कोचेर हत्या गरेको अनुसन्धानवाट खुलेको डीएसपी जोशीले बताए । स्थानीयले उनी बसेको घर निजिकै रहेको फोहोरको थुप्रोमा सालनाल सहितको मृत शिशु देखिपछि प्रहरीलाई खबर गरेको थियो । प्रहरीले सोमबार शिशुको मुखमा कपडा कोचिएको र सालनाल समेत नछुट्टिएको अवस्थामा शव फेला पारेको छ ।शिशु हत्याको आरोपमा प्रहरीले रमिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । उनको श्रीमानको समेत खोजी गरिरहेको छ । शिशुको शव पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ । रमिलाविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको डीएसपी जोशीले बताए । -राससक्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन