गृहपृष्ठ ∕ समाचार ∕ दार्मा गाउँपालिकाले गर्यो सम्पुर्ण कर्मचारीको कोराना विमा दार्मा गाउँपालिकाले गर्यो सम्पुर्ण कर्मचारीको कोराना विमा अंकित रावल जेठ १४, २०७७ गते ८:३३ मा प्रकाशित सल्यान – सल्यानको दार्मा गाउँपालिकाले कोरोना भाइरस विरुद्ध खटिने कर्मचारी, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरु गरी गाउँपालिका भित्रका १ सय ३२ जनाको कोरोना विमा गरेको छ । कोभिड १९ को संक्रमण नियन्त्रण गर्न, उद्दार तथा व्यवस्थापनमा लाग्ने सबैको विमा गरिएको गाउँपालिकाले जनाएको छ ।विमा बापत प्रति व्यक्ति रु.६ सयका दरले रकम लिइ जारी गरिएको उक्त बीमामा ,बीमा जारी गरिएको १५ दिनपछी पीसिआर रिर्पोट दुई पटक पोजेटिभ देखिएमा प्रति व्यक्ति रु.एक लाखसम्म रकम उपलब्ध गराइने नेको इन्सुरेन्स लि., सल्यान शाखा प्रमुख नारायण दाहालले जानकारी दिए । तीन महिनादेखि ९९ बर्ष सम्मका जेष्ठ नागरिकले गर्न सकिने उक्त कोरोना बीमामा, बीमाको समय अवधी भने एक बर्ष वर्षको हुनेछ ।दार्मा गाउँपालिका जिल्लामा कोरोना विमा गराउने पहिलो स्थानीय तह बनेको छ । गाउँपालिका भित्रका १ सय ३२ जनाको विमा गरेको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए । यस्तै छत्रेश्वरी गाउँपालिकाले २९ जनाको गरेको छ भने शारदा नगरपालिकाले पनि विमा गराउने घोषणा गरी सकेको छ ।नेको इन्सुरेन्स लि.,को सल्यान शाखा बाट हालसम्म ४ सय ८४ जनाको कोरोना विमा गरिएको शाखा प्रमुख दाहालको भनाई छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदैनेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदैनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै