गृहपृष्ठ ∕ समाचार ∕ सप्तरीमा ९ जनामा कोरोना संक्रमण थपिए, आइसोलेसनको अभाव सप्तरीमा ९ जनामा कोरोना संक्रमण थपिए, आइसोलेसनको अभाव दीप संञ्चार जेठ १७, २०७७ गते १२:१५ मा प्रकाशित सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एक महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा डाक्नेश्वरी नगरपालिकाका–१ महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।९ जना सहित १२ जना डाक्नेश्वरी नगरपालिकामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।डाक्नेश्वरी नगरपालिकाका १८ वर्षिय, २० वर्षिय, २५ वर्षिय, ३५ वर्षिय, ४१ वर्षिय, ४५ वर्षिय, ४४ वर्षिय, ४८ वर्षिय र ६० वर्षिय उमेरका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य प्रमुख यादवले बताए ।यो सङ्गै सप्तरीमा संक्रमितको संख्या ४२ पुगेको छ ।संक्रमितको संख्या दिनहुँरुपमा बढ्न थालेपछि आइसोलेसन कक्षको अभाव भएका कारणले गर्दा ती संक्रमितहरुलाई अहिले पनि क्वारेन्टाइनमै राखिएको छ ।राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा २४ जना संक्रमितलाई राखिएको छ भने बाँकी संक्रमितलाई सम्बन्धित पालिकाकै क्वारेन्टाइनमै राख्दा कोरोना संक्रमण फैलिने त्रास बढेको छ ।थप संक्रमितहरु बढ्न थालेपछि नयाँ ठाउँमा आइसोलेसन कक्ष बनाउने तयारी भइरहेको प्रमुख यादवले जानकारी दिए ।क्याटेगोरी : समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा