गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ रुकुम घटनाको बिरुद्द दाङ्गको गढवामा बिरोध र्याली रुकुम घटनाको बिरुद्द दाङ्गको गढवामा बिरोध र्याली प्रिया स्मृती गजमेर जेठ २१, २०७७ गते १२:४२ मा प्रकाशित दाङ्ग – जाजरकोट र रुकुमका दलित तथा गैर दलित युवाहरुको हत्याको बिरोधमा दाङ्गको गढवामा बिरोध प्रर्दशन भएको छ ।जाजरकोटका दलित युवा नवराज बिश्वकर्मा र रुकुम चौरजहारीकी सुष्मा मल्लको प्रेम सम्बन्धलाई लिएर जेष्ठ दश गते सुष्माका आफन्तले नवराज सहित ६ जनालाई लखेटी लखेटी कुटपिट गरेर भेरी नदीमा फालेका थिए । ६ जना युवा मध्ये नवराज र अर्का एक युवाको शब् तत्काल प्रहरीले फेला पारेको थियो भने अन्य युवाहरुको केहि दिन पछि मात्र शब् भेटिएको थियो ।घटनामा संलग्न दोषीलाई कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग राख्दै दाङ्ग देउखुरीको गढवा स्थित रहेको दलित शसक्तिकरण अभियानले विरोध प्रदर्शन गरेको हो । राजनीतिक आडमा दोषी उम्कन सक्ने भन्दै राज्यलाई बेलैमा सचेत भएर घटनाको सत्य तथ्य छानबिन गरेर पिडितलाई न्याय दिनु पर्ने बताएका छन् । दलित माथि विभेद गरे कानुनतः कारबाही हुने संबिधानमा उल्लेख गरेपनि कार्यान्वयन नभएको भन्दै आक्रोश पोखेका छन् ।गढवाको जनता माध्यामिक बिद्यालय देखि शुरु भएको र्याली गढवा गाउँपालिका कार्यालय हुँदै चोकमा फर्किएर कोण सभामा परिणत भएको थियो । सभालाई अभियानका अध्यक्ष बेगमराज गहतराज, उपाध्यक्ष जयकला बि. क., अम्मर सुनार, गेहेन्द्र दुधराज, ज्ञानबहादुर परिवार, तिलक परियार, कमला नेपाली, दुर्गा बहादुर सुनार लगायतले सम्बोधन गरेका थिए ।अभियानले गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादबलाई ज्ञापन पत्रपनि बुझाएको छ ।क्याटेगोरी : समाचार, प्रदेश ५ट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न