गृहपृष्ठ ∕ समाचार ∕ कोरोना भाइरसबाट विश्वमा ३ लाख ८३ हजार भन्दा बढीको मृत्यु, करिब ६५ लाख संक्रमित कोरोना भाइरसबाट विश्वमा ३ लाख ८३ हजार भन्दा बढीको मृत्यु, करिब ६५ लाख संक्रमित दीप संञ्चार जेठ २१, २०७७ गते २३:४६ मा प्रकाशित एजेन्सी – कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ८३ हजार ७२ पुगेको छ भने, संक्रमितको संख्या ६४ लाख ८२ हजार ६९५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।नेपाली समयानुसार बुधबार साँझसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३० लाख ८९ हजार १०१ जना निको भएका छन्। । हालसम्म कोरोना भाइरस संक्रमित ५४ हजार ४९३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १८ लाख ८१ हजार ४८२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ८ हजार ८३ व्यक्तिको मृत्यु भएको छ ।दक्षिणमा अमेरिकामा ९ लाख ४७ हजार ७५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ४२ हजार ७२२ को मृत्यु भएको छ । युरोपमा २० लाख २४ हजार १४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७५ हजार ८७३ को मृत्यु भएको छ । एसियामा १२ लाख १५ हजार १६२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३२ हजार १३९ जनाको मृत्यु भएको छ । –एएफपीक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन