गृहपृष्ठ ∕ समाचार ∕ आज दिनभर झरी, भोलिबाट मौसममा क्रमिक सुधार हुँदै जाने आज दिनभर झरी, भोलिबाट मौसममा क्रमिक सुधार हुँदै जाने दीप संञ्चार जेठ २४, २०७७ गते ८:४० मा प्रकाशित दाङ – काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा आज पानी पर्ने छ भने भोलिबाट मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविदले बताएका छन् ।अरेबियन सागरमा विकसित निसर्ग चक्रवातको अप्रत्यक्ष असर र स्थानीय वायुको प्रभावले शुक्रबारदेखि नै झरी परिरहेको छ । अहिले प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५ र सूदुरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र देशका अन्य धेरै स्थानमा हल्का वर्षा भइरहेको छ ।हिँजो सुदूरपश्चिम र कर्णाली क्षेत्रमा बढी पानी परेको थियो । आज ती क्षेत्रका पहाडी भागमा बदली छ भने तराईका केही भूभागमा पानी परिरहेको छ । हिजो कैलालीको धनगढीमा ६८ मिलिमिटर पानी परेको रेकर्ड गरिएको छ ।काठमाडौं उपत्यकामा आज बिहानैदेखि लगातार झरी परिरहेको छ । मौसमविद मिन कुमार अर्यालले भने ‘काठमाडौं उपत्यकामा दिउँसो पानी पर्न केहीबेर रोकिए पनि आकास भने खुल्दैन, राति फेरि पानी पर्छ,’ ।अरेबियन सागरमा चार दिन अगाडि निसर्ग चक्रवात विकसित भएको अप्रत्यक्ष असर नेपालमा परेको । त्यो अहिले कमजोर भइसके पनि निम्न चापिय प्रणालीको असर बाँकी नै छ । निम्न चापिय प्रणाली अहिले पूर्वतिर सर्दै गएको छ । त्यसैले मौसमविद वरुण पौडेलका अनुसार प्रदेश २ र १ मा बेलुकासम्म पनि लगातार झरी पर्ने छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदैनेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदैनेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै