गृहपृष्ठ ∕ समाचार ∕ नेपाली कांग्रेसकी नेतृ एवं राष्ट्रियसभा सदस्य देवकोटाद्वारा तत्काल पिसिआर परीक्षणको दायरा बढाउन माग नेपाली कांग्रेसकी नेतृ एवं राष्ट्रियसभा सदस्य देवकोटाद्वारा तत्काल पिसिआर परीक्षणको दायरा बढाउन माग दीप संञ्चार जेठ २९, २०७७ गते २०:३० मा प्रकाशित काठमाण्डौ – नेपाली कांग्रेसकी नेतृ एवं राष्ट्रियसभा सदस्य अनिता देवकोटाले तत्काल पिसिआर परीक्षणको दायरा बढाउन माग गरेकी छिन्।राष्ट्रियसभाको बिहीबारको बैठकमा विनियोजन विनियोजित बजेटको सैद्धान्तिक बहसमा सहभागी हुँदै नेतृ देवकोटाले आरडिटी परीक्षण विश्वासिलो नभएकाले तत्काल पिसिआर परीक्षणका दायरा बढाउन माग गरेकी हुन्। सरकारले पछिल्लो ३ महिनामा १० अर्ब रूपैयाँ खर्च गरेपनि राहत, उद्धार र उपचारको काम परिणाममुखी हुन नसकेको उनले बताइन्।‘क्वारेन्टाइनमा स्वस्थ्य मान्छे बस्यो भने बिरामी हुने अवस्था छ, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार व्यवस्था हुन सकेको छैन, सरकारको ध्यान त्यतातर्फ जानै सकेको छैन,’ देवकोटाले भनिन्। सिप र ज्ञान सिकेर आएका नेपाली नागरिकहरूको व्यवस्थापन गर्नका लागि बजेटमा गरिएको व्यवस्था अपर्याप्त रहेको नेतृ देवकोटाको धारणा छ।निम्न वर्गका नागरिकलाई निरूत्साहित गरेर उच्च वर्गलाई प्रोत्साहित गर्ने किसिमले बजेट आएको टिप्पणी गर्दै देवकोटाले यसबाट श्रमिक, किसान र आधारभूत तहका नागरिकलाई आहत पुगेको बताइन्।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन