गृहपृष्ठ ∕ समाचार ∕ सुगौली सन्धिदेखि नै महाकाली पूर्वको भूमि नेपालकोः शेरबहादुर देउवा सुगौली सन्धिदेखि नै महाकाली पूर्वको भूमि नेपालकोः शेरबहादुर देउवा दीप संञ्चार जेठ ३१, २०७७ गते २२:३८ मा प्रकाशित काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सुगौली सन्धिदेखि नै महाकाली नदी पूर्वको भूभाग नेपालको भएको बताएका छन्।प्रतिनिधिसभाको शनिबारको बैठकमा संशोधन संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै देउवाले सुगौली सन्धिअनुसार काली नदीको पूर्वको जमिन नेपालको हो भन्ने विषय अकाट्य रहेको बताएका हुन्। अंग्रेजले छापेको नक्सामा पनि काली नदी भनिएको उल्लेख गर्दै देउवाले भने, ‘कसैले महाकाली पनि भन्छन्, तर हामी काली नै भन्छौं, चाइनाको नक्सामा पनि कुटीयाङ्दी शब्द छ, नेपालीमा भन्दा काली नदी नै हो।’देउवाले देशको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको प्रष्ट पार्दै संविधान संशोधन विधेयक देशको अखण्डता र राष्ट्रियताका पक्षमा रहेको बताए। ‘त्यसै कारण नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलले समर्थन गरेको हो, संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको हो,’ उनले भने।शनिबारको बैठकमा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरी निसान छाप परिर्वतन गर्न संविधान संशोधन विधेयक दर्ता भएको छ। उक्त विधेयकको दफावार छलफल अहिले जारी छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन