गृहपृष्ठ ∕ समाचार ∕ लमहीमा रेडियोबाट पठनपाठन शुरु लमहीमा रेडियोबाट पठनपाठन शुरु दीप संञ्चार जेठ ३२, २०७७ गते २१:५४ मा प्रकाशित दाङ – लमही नगरपालिकाले आज देखि रेडियो बाट पठनपाठन शुरु गरेको छ । लमही नगरपालिकाकाले विद्यालय जान नपाएका वालबालिका तथा विद्यार्थीलाई केन्द्रित गरेर बैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्न रेडियो मार्फत ‘शिक्षक संग विद्यार्थीका कुरा’ कार्यक्रम सञ्चालन गरेको हो ।सामुदायीक रेडियोहरु संग समन्वय गरेर दैनिक पाँच घण्टा रेडियोबाट शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ । सोमबार नगर प्रमुख कुलबहादुर केसीले शैक्षिक कार्यक्रमको उद्घाटन गरेका हुन । रेडियो नयाँ युग मार्फत बिशेष सम्वोधन गर्दै नगर प्रमुख केसीले कोरोना भाइरसका कारण विद्यालयहरु नखुल्दा बैकल्पिक माध्यम रेडियोबाट पठन पाठन थालिएको जानकारी दिए ।लकडाउन भएदेखी विद्यालय खुलेका छैनन् । कहिले बाट विद्यालय खुल्छन् र पढ्न पाईन्छ भन्ने कुराको स्पष्ट अझैं छैन् । त्यही भएर नगरपालिकाले स्थानीय सामुदायीक रेडियो संग सहकार्य गरेर विद्यार्थीको सिकाइ सहजीकरण गर्न थालेको प्रमुख केसीको भनाई छ । उनले भने -‘बालबालिकालाई समय दिउँ ।अभिभावकले पनि ध्यान दिनेगरी पठनपाठन अघी बढाएका छौं । रेडियो नयाँ युग, रेडियो हाइवे र रेडियो साँझा आवाज बाट शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ । बिषयगत शिक्षकहरु रेडियोमा पुग्ने र त्यहाँबाट कार्यक्रम सञ्चालन गरेर बालबालिकालाई पढाउने नौलो अभ्यास थालिएको हो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न