गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ युएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्कदै युएईबाट १ सय ४८ जना नेपाली स्वदेश फर्कदै सुर्य बहादुर खवास असार ५, २०७७ गते १९:०२ मा प्रकाशित युएई – कोरोना महामारी सँगै युएईमा विभिन्न समस्यामा परेका नेपालिहरु स्वदेश फर्किएका छन । नेपाल एयरलाइन्सको उडान नम्बर आर ए २२९२ बाट १ सय १ जना महिला र ४७ जना पुरुष सहित १ सय ४८ जना नेपाल फर्किएका छन ।नेपाल फर्कनेमा ९४ जना गर्भवती महिला, १० जना दिर्घरोगी, १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक तथस ३ जना जेष्ठ नागरिक रहेको दूतावासले जनाएको छ । यसैगरि उक्त उडानमा गर्भवतीमध्ये २७ जनाका श्रीमान् पनि साथमै नेपाल फर्किएका छन् भने बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न यूएई पुगेकाहरु हुन् ।उक्त उडानमा गत चैत २८ गते यूएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्यान गुमाएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको शव पनि पठाइएको दूतावासले जानकारी दिएको छ । आज दुबइको अन्तराष्ट्रीय विमानस्थल टर्मीनल २ बाट नेपाल एयरलाइन्सको उडान मार्फत स्वदेश फर्किन लागेका १ सय ४८ जनाकै कोरोनाको परिक्षण नि:शुल्क भएको छ । दूतावासको समन्वय तथा सरकारको सहयोगमा सबैले हातेमालो गरेका कारण ढिलै भए पनि समस्यामा परेका नेपालीको उद्धार भएको यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताउनुभएको छ ।यूएईबाट नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरबियाले उडान भर्ने अनुमति पाएका छन् । नेपाल एयरलाइन्सको अर्को उडान असार ७ गते आइतबार यूएईको समय अनुसार बिहान ११ बजे हुने जनाईएको छ । पहिलो चरणमा यूएईबाट नेपाल एयरलाइन्सले दुई, हिमालय एयरलाइन्स, फ्लाइ दुवई र एयर अरेबियायाले ३/३ वटा उडान भर्ने दूतावासले जनाएको छ ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमादुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न