गृहपृष्ठ ∕ समाचार ∕ पोर्चुगलमा एक नेपाली युवा ४ दिनदेखि सम्पर्कविहिन, खोजी गरिदिन परिवारको आग्रह पोर्चुगलमा एक नेपाली युवा ४ दिनदेखि सम्पर्कविहिन, खोजी गरिदिन परिवारको आग्रह गणेश पाण्डे असार ८, २०७७ गते २१:३६ मा प्रकाशित लिस्बन – पोर्चुगलको राजधानी लिस्बनबबाट एक नेपाली युवा हराएका छन्। १७ जुन २०२० का दिन आफ्नो घरबाट करिब १८:३० बजे नियमित ब्यायामको लागि निस्केका १७ बर्षीय सिद्धान्त गुरुङ चार दिन बितिसक्दा पनि सम्पर्कमा आएका छैनन्।गुरुङ लिस्बनमा कक्षा ११ मा अध्ययनरत थिए। नेपालमा पोखरा बुद्धचोक स्थाई घर भएका गुरुङका मातापिता ६ बर्षदेखी पोर्चुगलको राजधानी लिस्बनमा बसोबास गर्दै आईरहेका छन्। सम्पर्कबिहिन भएका सिद्धान्त आफ्ना मातापितासंग लिस्बनमा बस्दै आईरहेका थिए।गुरुङ १७ जुनको साँझसम्म पनि घर नफर्केपछि उनका मातापिताले सिद्धान्तका साथीभाई र आफन्त सबैतिर सोधपुछ गरे। कहिकतैबाट पनि खबर नआएपछि उनीहरुले प्रहरी र स्थानीय वडा कार्यालयमा आफ्नो छोरा हराएको सूचना दिए। त्यसपछि पनि सम्पर्कबिहीन भएका सिद्धान्तको बारेमा कुनै खबर प्राप्त नभएपछि राष्ट्रिय टेलिभिजन र अनलाइनहरुमा छोरा हराएको सूचना दिए।छोरा सम्पर्कबिहीन भएको ४ दिन बितिसक्दा पनि कुनै खबर प्राप्त नभएकोले उनीहरुले नेपाली समुदायलाई पनि खोजी गरिदिनहुन आग्रह गरेका छन्। सम्पर्कबिहीन भएका सिद्धान्तका पिता सुरज गुरुङ र माता इश्वरी गुरुङ आफै पनि छोराको खोजीमा राजधानी लिस्बनका हरेक मेट्रो स्टेशन र गल्ली गल्लीमा चहारीरहेका छन्।उनीहरुसंगै नेपाली समाजका अगुवाहरु समेत सिद्धान्तको खोजी कार्यमा लागेका छन्। आज मात्रै युवा उद्यमी कमल मान गुरुङको नेतृत्वमा राजधानी लिस्बनको हरेक मेट्रो स्टेशनको सबै ४१ स्टप पोइन्टमा एकै साथ सयौ युवाहरुले खोजी कार्य गरेका थिए। सम्पर्कविहिन भएका सिद्धान्त कही कतै अल्मलिएका हुनसक्ने भएकोले उनीहरुले एकैसाथ एकै समयमा सम्भाव्य स्थानहरुमा खोजी गरको बताएका छन्।नेपाली दाजू भाई दिदी बहिनिहरुले राजधानी लिस्बनबाट ४ दिनदेखि हराईरहेका निज सिद्दान्त गुरुङलाई कही कतै देख्नुभयो वा भेट्नुभयो भने देहायको फोन नम्वर वा नजिकको प्रहरी कार्यालयमा संपर्क गरी सहयोग गरिदिनु हुन उनका परिवारले आग्रह गरेका छन्। – जिएनएन९२०२९९५७४ – ईश्वरि गुरुङ (आमा)९२०३१९५३९ – सुरज गुरुङ (बाबा)९२०४६५५६९ -बिकास गुरुङ९२०२४९०७९ – भिम गुरुङ’९२०४२१४९५- सम्झना गुरुङ९१९४७००७२ – कमल गुरुङक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न