गृहपृष्ठ ∕ समाचार ∕ पाल्पाको सम्मोबारीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुग्यो पाल्पाको सम्मोबारीमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुग्यो दीप संञ्चार असार ९, २०७७ गते १९:४२ मा प्रकाशित बुटवल – तानसेन–गुल्मी सडकखण्ड अन्तर्गत तानसेन नगरपालिका वडा नंं ११ सम्मोबारीमा सोमबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ ।४ वटा सवारी सधान पुरिने गरी भएको सो घटनामा मंगलबार थप एउटा शव फेल परेसँगै मृतकको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।उद्धारको लागि खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले थप एक जना पुरुषको शव निकालेका हुन् । मृतक झापा शिवसतासी नगरपालिका वडा नम्बर ८ झिलेझिले बस्ने १८ वर्षीय कुमार तामाङ रहेको प्रहरीले जनाएको छ ।सोमबार दुई जनाको घटनास्थलमै र एक जनाको युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु हनेहरुमा पाल्पाको रिव्दीकोट गाउँपालिका वडा नंं २ देउरालीका ३२ वर्षीय भुवन खाम्चा, काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ८ हुम्के बजारका निवेश श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका वडा नंं २९ बाङ्गेसालका २३ वर्षीय विर बहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए । मृतक सबै गुल्मीको एक निर्माण कम्पनीमा काम गर्नेहरु हुन् ।पहिरोमा ४ वटा सवारी साधन पुरिएको अवस्थामा भेटिएका छन । पुरिएका सवारी साधनहरुमा लु १ क १९२८ टयाक्टर, लु २ ख १३७६ नम्वरको ट्रक, लु १ च ७०४३ नम्वरको बलेरो र लु १ च ७०११ नम्वरको कार रहेका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन