गृहपृष्ठ ∕ समाचार ∕ ठगीको आरोपमा अष्ट्रेलियामा दुइ नेपाली पक्राउ ठगीको आरोपमा अष्ट्रेलियामा दुइ नेपाली पक्राउ दीप संञ्चार असार ९, २०७७ गते २१:०२ मा प्रकाशित सिड्नी – अष्ट्रेलियामा अनलाईनबाट ठगी गरेको आरोपमा एक महिला र एक पुरुष गरि दुइ नेपाली समातिएका छन् । उनीहरुलाई वृद्ध अष्ट्रेलियनलाई टेलिफोन गरि पैसा ठगी गरेको आरोप लागेको छ ।न्यु साउथ वेल्स प्रहरीले जारी गरेको विज्ञप्ती अनुसार गत जुन १९ शुक्रवार ८५ वर्षीय महिलाले आफु ठगीमा परेको उजुरी गरेकी थिईन् । लगत्तै प्रहरीले अनुसन्धान थालेको थियो । ठगहरुले बैंकको प्रतिनिधी बनेर ती महिलालाई टेलिफोन गरि उनको बैंक खातामा समस्या आएर बन्द गरि नयाँ खाता खोल्नुपर्ने सुझाएको विज्ञप्तीमा भनिएको छ ।नयाँ खातामा जम्मा गर्नका ३ हजार डलर दिनुपर्ने भन्दै ठ’गहरुले ती महिलालाई विश्वास दिलाएका थिए । पैसा लिन उनीहरु नक्कली कुरियरकर्मी बनेर ती वृद्धाको पारामाट्टा नजिकैको टेलोपीस्थित घरमै गएको प्रहरीले जनाएको छ । पैसा दिएपछि शंका लागेर ती वृद्धाले प्रहरीलाई उजुरी गरेकी थिईन् । प्रहरीमा उजुरी परेपछि पनि ती समुहले टेलिफोन गरेर थप ५ हजार डलर मागेका थिए । पैसा लिन आएका बेला २२ जुन सोमबार साझ प्रहरीले यी दुइ नेपालीलाई ती वृद्धाको घर नजिकैबाट समातेको हो ।पक्राउ पर्ने महिला २२ वर्षकी छिन् भने पुरुष १९ वर्षका छन् । उनीहरुलाई पारामाटा अदालतले थप अनुसन्धानका लागि थुनामा राख्न आदेश दिएको छ । सोधपुछका क्रममा यी दुइ अन्तरदेशिय ठगहरुको गिरोहमा संलग्न रहेको र पैसा संकलन गरेर विदेशमा पठाउन सक्रिय रहेको खुलेको छ । अनुसन्धानका क्रममा यो समुहले अन्य थुप्रैलाई फोन गरेर बैक खाता खोल्न लगाई नक्कली कुरियरकर्मी बनेर पैसा भुक्तानी लिएको बुझिएको छ ।जागिरको प्रलोभनमा परेर नेपाली विद्यार्थीले आफ्नो परिचयपत्रहरु जताभावी पठाउदा अष्ट्रेलियामा उनीहरुको कागजात दुरुपयोग हुने क्रम समेत बढेको छ । अष्ट्रेलियामा गत वर्ष मात्रै साढे ४ सय मिलियन डलर भन्दा बढी रकम अनलाईनबाट ठ’गी भएको छ ।- जिएनएनक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन