गृहपृष्ठ ∕ समाचार ∕ कोरोना अपडेट : थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको संख्या २३३८ पुग्यो कोरोना अपडेट : थप ६२९ जनामा कोरोना संक्रमण पुष्टि, निको हुनेको संख्या २३३८ पुग्यो दीप संञ्चार असार १०, २०७७ गते २०:०३ मा प्रकाशित काठमाडौं – बितेको २४ घण्टामा नेपालमा थप ६२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो सो जानकारी दिएका हुन् । नयाँ संक्रमितमा ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० हजार ७२८ पुगेको छ ।यसैगरी बितेको २४ घण्टामा ११४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या २ हजार ३३८ पुगेको छ ।बुधबारसम्म पीसीआर विधिबाट ६ हजार ८ सय २८ र आरडिटी विधिबाट १२ हजार १ सय १२ जनाको कोरोना परीक्षण गरीएको छ । अहिले सम्म पीसीआर परीक्षणको संख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ । आरडिटी विधिबाट २ लाख ८३ हजार ६ सय ९६ जनाको परीक्षण भएको छ ।अहिले देशका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना रहेका छन् । अहिलेसम्म कोरोनाबाट २४ जनाको मृत्यु भएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोडकतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्ननेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदैप्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन